बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

शिखर इन्स्योरेन्स पनि मर्जरमा जाने, रोकियो लगानीकर्ताले पाउने लाभांश

बुधबार, जेठ १८ २०७९
शिखर इन्स्योरेन्स पनि मर्जरमा जाने, रोकियो लगानीकर्ताले पाउने लाभांश

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी पनि मर्जरमा जाने भएको छ। कम्पनीले मर्जरमा जानका लागि अनौपचरिक गृहकार्य सुरु गरेको छ। बीमा समितिको निर्णयअनुसार मर्जर र प्राप्तीको निर्णय बीमा कम्पनीहरुले गरिरहेका बेला शिखर इन्स्योरेन्सले पनि मर्जरमा जाने तयारी सुरु गरेको हो।  

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले तत्काल बोनस सेयर तथा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। योसँगै कम्पनीले मर्जरमा जानका लागि तयारी सुरु गरेको हो। कम्पनीले यसअघि लगानीकर्तालाई निष्काशन गरेको ३० प्रतिशत हकप्रद सेयर बाँडफाँट गरेको थियो। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। 

निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर धेरै वटा सूचकहरुमा सबैभन्दा अगाडी छ। आफैले चुक्तापुँजी २ अर्ब ५० करोड पुर्‍याउन सकिने भएपनि निर्जीवनमा सबैभन्दा ठूलो कम्पनीको ताज राख्नका लागि कम्पनी मर्जरको प्रक्रिया अगाडि बढाएको हो। लाभांशका हिसाबले निर्जीवन बीमा कम्पनीमा शिखर सबैभन्दा राम्रो कम्पनी हो।


प्रकाशित : बुधबार, जेठ १८ २०७९०८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend