शुक्रबार, चैत १६ गते २०८०    
images
images

सवा ३ खर्बको सामान आयात हुँदा साढे ४४ अर्ब बराबरको निर्यात

images
बिजनेस न्युज
images
सवा ३ खर्बको सामान आयात हुँदा साढे ४४ अर्ब बराबरको निर्यात

भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार भदौ महिनामा मात्रै ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको समान आयात भएको छ।

images
images

काठमाडौं-  गएको साउन र भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

images
images
images

भन्सार विभागका अनुसार पछिल्ला दुई महिनामा मात्रै ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको सामान आयात भएको छ। गत वर्षभन्दा आयता ७५.८६ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष साउन र भदौमा १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँ बराबारको सामान आयात भएको थियो। 

images

यता निर्यातमा भने गत वर्ष भन्दा सुधार देखिएको छ। निर्यात गत वर्षको तुलानमा १ सय १५ प्रतिशतले वृद्धि भएको छ। अहिले ४४ अर्ब ३९ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागले जनाएको छ। गत वर्ष साउन र भदौ महिनामा २० अर्ब ४४ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।

images
images

images

प्रकाशित : शुक्रबार, असोज ८ २०७८०८:३८
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ