शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

मासिक एक लाख तलब बुझ्नेले राज्यलाई वार्षिक कति कर तिर्नुपर्छ?

images
बुधबार, जेठ १८ २०७९
images
मासिक एक लाख तलब बुझ्नेले राज्यलाई वार्षिक कति कर तिर्नुपर्छ?
images
images

काठमाडौं- सरकारले आयकर ऐन संशोधन गर्दै रोजगारीबाट आय हुने रकमबाट तिर्नुपर्ने करको सीमा हेरफेर गरेको छ।

images
images
images

यसअघि विवाहितको हकमा वार्षिक ४ लाख ५० हजार रुपैयाँ र अविवाहितको हकमा ४ लाख रुपैयाँ लाग्ने १ प्रतिशत लिँदै आएको थियो। तर आयकर ऐन संशोधन गर्दै अब विवाहितको हकमा वार्षिक ६ लाख रुपैयाँसम्म १ प्रतिशत र अविवाहितको हकमा ५ लाख रुपैयाँ सम्म १ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरेको छ।

images
images

यो व्यवस्थासँगै राज्यलाई तिर्नुपर्ने आयकर कम हुने भएको छ। उदाहरणका लागि पुरानो व्यवस्थाअनुसार अविवाहितले मासिक १ लाख रुपैयाँका दरले तलब बुझ्दा वार्षिक १२ लाख आम्दानी हुँदा २ लाख ४ हजार रुपैयाँ कर तिर्नु पर्ने थियो। ४ लाख रुपैयाँसम्मको १ प्रतिशतका दरले ४ हजार रुपैयाँ, ४ देखि ५ लाख रुपैयाँसम्म थप १ लाखको १० प्रतिशतका दरले १० हजार, ५ देखि ७ लाख रुपैयाँसम्म थप २ लाख रुपैयाँको २० प्रतिशतका दरले ४० हजार रुपैयाँ र ७ देखि १२ लाख रुपैयाँसम्मको ५ लाखको ३० प्रतिशतका दरले १ लाख ५० हजार रुपैयाँ गरी वार्षिक १२ लाखरुपैयाँ आम्दानी गर्दा २ लाख ४ हजार रुपैयाँ कर तिर्नु पर्ने थियो। 

images
images

अब आयकर संशोधन भएसँगै मासिक १ लाख रुपैयाँ तलब बुझदै वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दा अविवाहितले १ लाख ४५ हजार रुपैयाँ कर तिरे पुग्छ। अब ५ लाख रुपैयाँसम्मको १ प्रतिशतले ५ हजार रुपैयाँ, ५ देखि ७ लाख रुपैयाँसम्म २ लाखको १० प्रतिशतका दरले २० हजार रुपैयाँ, ७ देखि १० लाख रुपैयाँसम्म ३ लाखको २० प्रतिशतका दरले ६० हजार र १० देखि १२ लाख रुपैयाँसम्म थप २ लाखको ३० प्रतिशतका दरले ६० हजार गरी वार्षिक १ लाख ४५ हजार रुपैयाँ आयकर तिरे पुग्छ।

यसैगरी विवाहितले पहिले मासिक एक लाख रुपैयाँका दरले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दा राज्यलाई १ लाख ८९ हजार ५ सय रुपैयाँ आयकर तिर्नु पथ्र्यो। अब आयकर संशोधन भएसँगै विवाहितले मासिक १ लाखका दरले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दा १ लाख १६ हजार रुपैयाँ आयकर तिरे पुग्छ।

आयकर संशोधनपछि ६ लाख रुपैयाँसम्म  १ प्रतिशतका दरले ६ हजार, ६ लाख देखि ८ लाख रुपैयाँसम्म थप २ लाख रुपैयाँको १० प्रतिशतका दरले २० हजार रुपैयाँ, ८ देखि ११ लाख रुपैयाँसम्म थप ३ लाख रुपैयाँको २० प्रतिशतका ६० हजार रुपैयाँ र ११ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको थप १ लाखको ३० हजार रुपैयाँ गरी वार्षिक १ लाख १६ हजार रुपैयाँ आयकर तिरे पुग्छ।


प्रकाशित : बुधबार, जेठ १८ २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend