बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने निश्चित, स्वाप रेसियोसँगै कस्तो बन्छ कम्पनी?

बुधबार, जेठ १८ २०७९
हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने निश्चित, स्वाप रेसियोसँगै कस्तो बन्छ कम्पनी?

काठमाडौं- चुक्ता पुँजी बढाउने बीमा समितिको निर्णयसँगै बीमा कम्पनीहरू धमाधम मर्जको सम्झौता गर्न थालेका छन्। मर्जरमा जानका लागि ननलाइफ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेका छन्।

दुवै कम्पनीले असार २ गते बिहीबार विशेष साधारणसभा आह्वान गरेर मर्जको प्रस्ताव पास गर्दैछन्। मर्जर प्रस्ताव पारित गर्न दुवै कम्पनीले विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै कम्पनीले बैशाख २३ गते मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए। दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि दुवैको सेयर कारोबार रोक्का छ। 

मर्जर प्रयोजनको लागि १००ः८५ रुपैयाँको स्वाप तय भएको छ। एभरेष्ट इन्सोरेन्सको १०० कित्ता सेयर बराबर हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको को ८५ कित्ता हुनेछ । 

मर्जपछि कम्पनीको नाम हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड हुनेछ। हिमालयनको १ अर्ब १७ करोड चुक्ता पुँजी रहेको छ। भने एभरेष्टको १ अर्ब २५ करोड रहेको छ। दुवै कम्पनी मर्जपछि २ अर्ब ४२ करोड रुपैयाँ हुनेछ। बाँकी ८ करो‍ड भने लाभांश दिएर पुर्‍याउने योजना कम्पनीको रहेको छ। 

बीमा समितिको निर्णयअनुसार जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको थियो। 

नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्। बीमा समितिलाई २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना पेश गरेका छन्। 


प्रकाशित : बुधबार, जेठ १८ २०७९०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend