काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले साना हेलिकोप्टर उडानमा समेत दुईजना पाइलट अनिवार्य गर्ने भएको छ। प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले सानाठूला सबै हेलिकोप्टर उडानमा दुईजना पाइलट राख्ने निर्णय भएको बताएका छन्।
कुन अवस्थामा साना हेलिकोप्टरमा दुईजना पाइलट नराखे पनि हुने भन्ने विषयमा अध्ययन गरी मापदण्ड तयार गर्न समिति बनाउने निर्णय गरेको उनले बताएका छन्। हेलिकोप्टर उडानको सुरक्षालाई ध्यान दिँदै साना हेलिकोप्टर उडानमा पनि दुईजना पाइलट राख्ने विषय ल्याइएको उनले बताए।
प्राधिकरणले सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठ संयोजकत्वमा कस्तो अवस्थामा दुईजना पाइलट नभए पनि हुने भन्ने विषयमा अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको जनाएको छ।
अहिले एमआई १७ (ठूला हेलिकोप्टर) उडानमा दुईजना नै पाइलट रहन्छन्।
