आइतबार, वैशाख ३० गते २०८१    
images
images

बैंकले लाभांश घोषणा गर्ने क्रमसँगै सेयरमा लगानीकर्ताको आकर्षण, कुन बैंकको लाभांश क्षमता कति?

images
images
images
बैंकले लाभांश घोषणा गर्ने क्रमसँगै सेयरमा लगानीकर्ताको आकर्षण, कुन बैंकको लाभांश क्षमता कति?

वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम सँगै बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ।

images
images

काठमाडौं- वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम सँगै बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। बिहीबार सेयर बजारमा अन्य सम्पूर्ण सूचकमा पहिरो जाँदा वाणिज्य बैंकको मात्रै ४७.३७ अंकले बढेको छ। कारोबार रकम पनि झण्डै तीन अर्ब रूपैयाँ भएको छ।

images
images
images

मौद्रिक नीतिका कारण यस वर्ष वाणिज्य बैंकहरूको लाभांश घोषणा केही ढिलो भएको हो। विगतका सामान्य अवस्थामा अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनामै लाभांश घोषणा गरिसक्थे। उनिहरूले पुस मसान्तभित्रमा साधारणसभा गरिसक्नु पर्ने भएकाले अबको एक महिनामा लगभग अधिकांश वाणिज्य बैंकहरूले लाभांश घोषणा गरिसक्ने छन्।

images

राष्ट्र बैंकले गत वर्ष लाभांश वितरणमा अंकुस लगाएको हुँदा यस वर्ष बैंकहरूको जगेडा कोष बलियो छ। जगेडा कोष बलियो भएका बैंकहरूले बोनस सेयर वितरण गर्ने सम्भावना उच्च भएकाले पनि वाणिज्य बैंकको सेयरमा आकर्षण देखिएको हो। यस वर्ष पनि नगद लाभांश वितरणमा कडाइ गरिएको हुँदा सबैले बोनस सेयरलाई प्राथमिकता दिने छन्।  

images

गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नगदमा कडाइ गरिएकोले केही विदेशी बैंकहरूको यस वर्ष पनि लाभांश धेरै राम्रो आउन सक्ने सम्भावना कम छ। तर अन्य बैंकहरूले सञ्चित जगेडा कोष र मुनाफाबाट बोनस दिएर सेयरधनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना धेरै छ। अहिलेसम्म लाभांश घोषणा गरेका दुई वाणिज्य बैंकहरूलाई हेर्ने हो भने उनिहरूले गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफाभन्दा धेरै लाभांश घोषणा गरेका छन्।

images
images

गत वर्षको वितरणयोग्य मुनाफाका आधारमा सानिमा बैंकको जम्मा १७.४५ प्रतिशत मात्रै छ तर बैंकले १७.८९ प्रतिशत घोषणा गरेको छ। त्यस्तै माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको छ। तर बैंकको गत वर्षको वितरणयोग्य मुनाफा १२.५१ प्रतिशत मात्रै छ।

यस वर्ष सेयर बजार बढ्दो क्रममा रहेकाले पनि बैंकका सञ्चालकहरूले बैंकको सेयर मूल्य बढाउन पनि बोनस सेयर घोषणा गर्ने सम्भावना उच्च छ। साथै गत वर्षको भन्दा यस वर्ष सबैको लाभांश दर पनि बढ्ने देखिन्छ।

दोस्रो बजारमा सूचिकृत कम्पनीहरू मध्ये तुलनात्मक रूपमा वाणिज्य बैंकहरूको लाभांश राम्रो छ। त्यसैले गर्दा पनि अवको केहि महिना वाणिज्य बैंकको सेयरमा उछाल आउने देखिन्छ। यहि हिसावले वाणिज्य बैंकको सेयर मूल्य उकालो लाग्यो भने नेप्से सूचकले अर्को नयाँ रेकर्ड बनाउने पक्का छ।

कुन बैंकको लाभांश क्षमता कति?

२७ वाणिज्य बैंकहरू मध्ये उनिहरूको औषत १४.८१ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ। गत आर्थिक वर्षमा सबैभन्दा कम नेपाल एसबिआई बैंक र सबैभन्दा धेरै नविल बैंक रहेको छ।

दोस्रो बजारमा सूचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंकको पनि लाभांश दिन सक्ने क्षमता ४९.२४ प्रतिशत छ। अर्को तर्फ यस वर्ष राष्ट्र बैंकले बैंकहरूलाई भदौ १५ गतेसम्मको मुनाफाबाट लाभांश बाड्न सक्ने ढोका खोलिदिएको हुँदा लाभांश दिन सक्ने क्षमता थप बढ्ने छ।

munafa.jpg

images

प्रकाशित : शुक्रबार, असोज ८ २०७८०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend