काठमाडौं- कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएसँगै न्यूयोर्क अटो सो रद्द भएको छ। अगस्ट ४ देखि हुनुपर्ने अटो सो रद्द भएको हो।
अमेरिकाको न्यूयोर्क सहरमा हुँदै आएको अटो सो १ सय २१ वर्षदेखि हुँदै आएको छ। २०१९ को अन्तिममा चीनबाट फैलिएको कोरोना महामारी विभिन्न भेरियन्टमा परिष्कृत हुँदै गइरहेको छ।
अगष्ट ३ मा न्यूयोर्कका मेयरले डेल्टा भेरियन्ट बढेकाले अटो सो रद्द गर्न आग्रह गरेका थिए। उक्त अटो सोमा विश्वका दर्जनौं ब्रान्डका सवारी प्रदर्शनीका लागि राखिँदै थियो।