शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

तारा एयरको जहाज दुर्घटना अनुसन्धानमा समिटको ‘सीभीआर’ लिइयाे

images
मंगलबार, जेठ १७ २०७९
images
तारा एयरको जहाज दुर्घटना अनुसन्धानमा समिटको ‘सीभीआर’ लिइयाे
images
images

कठमाडौं- तारा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले दुर्घटनाको केहीअघि पोखरादेखि जोमसोम उडेको समिट एयरको सीभीआर (ककपिट भ्वाइस रेकर्ड) समेत लिएको छ।

images
images
images

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना भएको थियो। आइतबारदेखि हराएको जहाज सोमबार बिहान मुस्ताङको थासाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। जहाजमा रहेका चारजना भारतीय, दुई जर्मन नागरिक, १३ नेपाली नागरिक साथै चालक दलका ३ सदसय सबैको निधन भएको पुष्टि भइसकेको छ। 

images
images

जहाज दुर्घटना परी ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइसकिएको छ। अहिले शवको पोस्टमार्टमपछि पीडितका परिवारलाई जिम्मा दिइँदैछ।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाेखरा-जाेमसाेम उडानका क्रममा भएको तारा एयरको दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। अनुसन्धानका क्रममा जाँचबुझ आयोगले समिट एयरको जहाजको सीभीआर समेत लिएको छ। तारा एयर र समिट एयरको जहाज पोखरा विमानस्थलबाट लगभग सँगसँगै उडेको र पाइलटहरुको वार्तालाप भएको सूचनाको आधारमा जाँचबुझ आयोगले समिटको जहाजको पनि सीभीआर लिएको हो। 

ककपिट भ्वाइस रेकर्डमा पछिल्लो ३० मिनेटको मात्रै सञ्चित रहेको हुन्छ। आइतबार दुर्घटना भएको जहाजसँगै उडेको जहाज पनि जोमसोमबाट अवतरणपछि मौसमको कारण उडान गर्न सकेको थिएन। अनुसन्धानका लागि सोमबार नै समिट एयरको जहाजको सीभीआर लिइएको हो।

वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमनको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएको हो। जसमा क्याप्टेन दीपुराज ज्वार्चन, बरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिव प्राविधिक बुद्धिसागर लामिछाने रहेका छन्। 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend