बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

चुनावपछि बैंकहरूमा फर्किन थाल्यो पैसा, १३ अर्ब निक्षेप थपियो

मंगलबार, जेठ १७ २०७९
चुनावपछि बैंकहरूमा फर्किन थाल्यो पैसा, १३ अर्ब निक्षेप थपियो

काठमाडौं- चुनाव सकिएको दुई हप्तापछि बल्ल बैंकमा पैसा फर्किन थालेको छ। गत जेठको ६ गतेसम्म बैंकहरुमा निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा जेठको १३ सम्मको एक सातामै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। एक सातामै ६ अर्ब निक्षेप थपिनुले चुनावपछि बैंकमा पैसा फर्किन थालेको अनुमान गरिएको छ।

गत बैशाख ३० सम्म ४१ खर्ब ७० अर्ब निक्षेप रहेकोमा जेठ १३ सम्म आइपुग्दा ४१ खर्ब ८३ अर्ब निक्षेप पुगेको छ। गत बैशाख ३० गते सम्पन्न चुनावपछि बैंकहरुमा १३ अर्ब निक्षेप थपिएको छ भने ७ अर्ब ऋण प्रवाह भएको छ। चुनावअघि बैंकहरुका झन्डै १६ अर्ब भन्दा बढी निक्षेप झिकिएको थियो। उक्त निक्षेप अझै फर्किएको छैन।

यता बैंकहरुले पछिल्लो एक सातामा ४ अर्ब ऋण प्रवाह समेत गरेका छन्। बैंकमा निक्षेप आउन थालेपछि बाणिज्य बैंकहरुले ऋण प्रवाह समेत बढाएका छन्। 

गत जेठ ६ गतेसम्म ४१ खर्ब ९४ अर्ब रहेकोमा जेठ १३ सम्म ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। बैशाख यता डलरमा आउने निक्षेप ठप्प भएको छ। बैंकहरुको सीडी रेसिडो ९०.४१ प्रतिशतमा पुगेको छ। राष्ट्र बैंकले ९० प्रतिशत राख्न पटक पटक निर्देशन दिएपनि बैंकहरुले सीडी रेसियो ९० प्रतिशतमा राख्न सकेका छैनन्। 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend