मंगलबार, असोज १ गते २०८१    
images
images

नयाँ मौद्रिक नीतिमा पनि ४ र १२ को सीमा नहट्ने संकेतले सेयर लगानीकर्ता त्रसित, बजार झनै ओरोलोतर्फ

images
मंगलबार, जेठ १७ २०७९
images
images
नयाँ मौद्रिक नीतिमा पनि ४ र १२ को सीमा नहट्ने संकेतले सेयर लगानीकर्ता त्रसित, बजार झनै ओरोलोतर्फ
images
images

काठमाडौं- मौद्रिक नीतिमार्फत सेयर धितोमा झनै कडाइ गर्ने संकेत गरेसँगै नेप्सेमा भारी गिरावट आएको छ। पुँजी बजारको विषय बजेटमार्फत सम्बोधन हुने आशामा बसेका लगानीकर्ता निराश भएपछि सोमबार ५०.३३ अंकको गिरावट आएको थियो। मंगलबार पनि भारी अंकले सेयर बजारमा गिरावट आएको हो।

images
images
images

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेपछिको पहिलो कारोबारमा नै अर्धशतक अंकले गिरावट आएपछि सेयर लगानीकर्ता झनै त्रसित देखिएका छन्। मंगलबार पनि नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा आइपुगेको छ। मंगलबार १ अर्ब ३१ करोड रुपैयाँको कारोबार हुँदा ३७ लाख ६९ हजार कित्ता कारोबार भएको छ। दुई दिनमै ८५ अंकले नेप्से घटेको छ। 

मौद्रिक नीतिमा अघिल्लो पटक ल्याइएको ४ र १२ को सीमा कायम राखिएको थियो। आगामी वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्था कायम हुने संकते गरेसँगै लगानीकर्ता त्रसित भएसँगै सेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ। 

साताको पहिलो कारोबारमा सोमबार बजार ५०.३३८ अंकले घटेर २१७३.४४ बिन्दुमा झरेको थियो। कारोबार रकममा पनि खास सुधार हुन नसकेको बजारमा सोमबार १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो। जसमा पाँच कम्पनीको मात्र सेयर मूल्य बढेको छ। 

images

पुँजीगत लाभकर घट्ने आशा तथा अन्य नियमनको विषय पनि सम्बोधनको आशामा लगानीकर्ता रहेका थिए। कुनै पनि विषय सम्बोधन नभएपछि सेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ। यता नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा खासै फुकुलो नीति नलिने संकेत दिइसकेको छ। जसका कारण सेयर बजार अझै तल जाने संकेतमा लगानीकर्ताहरु दोस्रो बजारबाट बाहिरन सक्ने देखिएको छ। 

अर्थमन्त्री शर्माले सेयर बजारको विषयमा खासै प्रभावकारी कार्यक्रम नल्याएको लगानीकर्ताको धारणा छ। कतिपयले बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले सेयर बजारसम्बन्धि कुनै कार्यक्रम नै नआएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री शर्माले बजेट मार्फत एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा पब्लिकमा जानु पर्ने, वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने कम्पनी पनि अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने, आईपीओमा गैरआवासिय नेपाली ऋणपत्रमा लगानी, विदेशमा रोजगारीका लागि गएका नेपालीलाईआईपीओमा १० प्रतिशत कोटा छुट्याउनु पर्ने, घरजग्गा क्षेत्र पनि सेयर बजारमा सूचिकृत गर्ने घोषणा गरेका थिए।

उच्च अंकबाट सेयर बजार १०६२ बिन्दुले झरेर सोमबार २१७३.४४ बिन्दुमा आइपुगेको छ। यो झर्नेक्रम अझै रोकिने संकेत छैन। विश्लेषकहरुले अघिल्लो बुलको १८०० सयको बिन्दुमा आउने बताउँदै आएका छन्। 

साताको पहिलो कारोबारमा सोमबार बजार ५०.३३८ अंकले घटेर २१७३.४४ बिन्दुमा झरेको छ। कारोबार रकममा पनि खास सुधार हुन नसकेको बजारमा सोमबार १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ। जसमा पाँच कम्पनीको मात्र सेयर मूल्य बढेको छ। 

अहिलेको अवस्थामा बजार २२ सयकै बिन्दुमा अडिएर वृद्धितर्फ लाग्ने विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता बजेटमार्फत सम्बोधन हुन नसक्दा विश्वस्त हुन सकेका छैनन्। यसैले बजारले ओरालो यात्रातर्फ संकेत गरिरहेको छ। 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend