मंगलबार, असोज १ गते २०८१    
images
images

बजेट कार्यान्वनयनमा समस्या हुँदैन : वर्षमान पुन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १७ २०७९
images
images
बजेट कार्यान्वनयनमा समस्या हुँदैन : वर्षमान पुन
images
images

काठमाडौं- माओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वनयनमा समस्या नहुने बताएका छन्। 

images
images
images

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि भइरहेको सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले बजेटको विशेषता सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम एउटै दिशानिर्देशमा आएका कारण राम्रो भएको बताए। 

'कार्यान्वनयनमा समस्या हुँदैन। सरकारले लिइएको लक्ष्य पूरा गर्न सक्छ। बजेटमा राखिएको चार वटा उद्देश्य र सोहीअनुसार नै आएको छ' उनले भने, 'निर्वाहमुखी अर्थतन्त्र रुपान्तरण गर्ने हो, कृषि आधुनिकरण गर्ने र उत्पादन वृद्धि गर्ने र व्यवसायीकरण गर्ने विषय आएको छ। यसले संरचनात्मक विषयलाई समेट्ने प्रयास गरेको छ। प्रधानमन्त्री रोजगारी कार्यक्रमको संरचनागत सुधार गर्दै रोजगारीको अवसर प्रदान गर्ने विषय समावेश गरिएको छ यो ठीक छ।'

किसानलाई ऋण, बिउविजन तथा पेन्सनेको विषय राम्रो भएको भन्दै उनले ५ वर्षमा व्यापार सन्तुलन गर्ने विषय, भूमिहिनलाई जग्गा उपलब्ध गराउने विषय समेत राम्रो रहेको बताए। 

images

 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend