शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

वर्षा बढ्न थालेपछि बन्द गरियो मेलम्चीको पानी, अब असोजपछि मात्रै काठमाडौंमा पानी आउने

images
images
images
वर्षा बढ्न थालेपछि बन्द गरियो मेलम्चीको पानी, अब असोजपछि मात्रै काठमाडौंमा पानी आउने
images
images

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले वर्षा सुरु भएसँगै पानी पठाउन बन्द गरेको छ। एकमहिना अगाडि अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी बन्द गरिएको हो। 

images
images
images

वर्षाको पानीका कारण टनेलभित्र ढुंगा गेग्र्यानसहित धमिलो पानी पसेकोले पानी वितरण बन्द गरिएको आयोजनाले जनाएको छ। मंगलबार बिहान आठ बजेदेखि मेलम्चीको मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

images

हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको थियो। गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको भन्दै पानी बन्द गरेको हो। 

images

काठमाडौं उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका थिए। अब कम्तिमा असोजको अन्तिम सातासम्म मेलम्चीको पानी आउने छैन। वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेपनि काम भने अगाडि बढ्न सकेको छैन। 

images
images

गत बैशाख ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरु गरेका थिए। पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरु भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको थियो।  

गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरु गरिएको थियो। उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द गर्ने योजना थियो। सोही दिनमा आएको बाढीले हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन। 

असारमा पटक–पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो। वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन। सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो। 

images

प्रकाशित : मंगलबार, जेठ १७ २०७९०६:५४

प्रतिक्रिया दिनुहोस