शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

गोस्वारा भाषामा लेखिएको जस्तो बजेट : विष्णु पौडेल 

images
मंगलबार, जेठ १७ २०७९
images
गोस्वारा भाषामा लेखिएको जस्तो बजेट : विष्णु पौडेल 

पुँजीगत खर्च घटाएर चालु खर्च बढाउने अर्कोतिर आर्थिक वृद्धि ८ प्रतिशत गर्ने लक्ष्य आफैमा हस्यास्पद भएको उनको भनाइ छ। लगानीका स्रोत तथा व्यवस्थालाई संकुचित बनाएर सरकारले ८ प्रतिशतको लक्ष्य राखेर केही महिनाको सन्तुष्टि बाहेक केही नभएको उनको भनाइ छ। 

images
images

काठमाडौं- पूर्वअर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटले अर्थतन्त्रको संकटलाई नछोएको बताएका छन्। 

images
images
images

प्रतिनिधसभाको वैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले वर्तमानको संकट पनि बिर्सेको र भविष्यका लागि पनि कुनै योजना नल्याएको बताएका हुन्। 

images
images

पाँच महिना अवधि भएको सरकारले दीर्घकालीन योजना ल्याएर जनतालाई भुलाउन खोजिएको उनको भनाइ छ। 

images
images

'यो सरकारको आयु पाँच महिनाको हो। मंसिरमा चुनाव हुन्छ। त्यसपछि नयाँ सरकार आउँछ। यसकारणले यो सकार मंसिरसम्मका लागि मात्र हो उनले भने। 

पाँच महिनाको सरकारले आगामी सरकारलाई दायित्व थप्नेगरी मात्र बजेट ल्याएको उनको भनाइ छ। 

अहिले नेपालको अर्थतन्त्र जोखिमको डिलमा भएपनि बजेटले यो तथ्यलाई बिर्सेर कल्पनामा आधारित रहेको उनको भनाइ छ। 

'आजको जगमा भोलिको बजेट बन्ने हो। अघिल्लो सरकारले सबल अर्थतन्त्र हस्तान्तरण गरेको थियो। यतिबेला व्यापार घाटा बढेको छ। विदेशी मुद्राको सञ्तिति जोखिमपूर्ण अवस्थामा छ। चालु खाता घाटा ५ खर्ब १२ अर्ब पुगेको छ। शोधनान्तरण पनि साढे २ खर्ब छ। पुँजीगत खर्च निरासाजनक अवस्थामा छ। तरलता अभाव कहालीलाग्दो छ। सरकारले तिर्नैपर्ने ऋण १८ खर्ब पुगेको छ। यो वर्षमात्र १ खर्ब ८७ ऋण तिर्नुपर्ने छ' उनले भने,' मुलुक भयंकर आर्थिक जोखिमको डिलमा छ। तर बजेट बनाउँदा यथार्थ अवस्था कल्पनामा बिचरण गरिएको छ। स्रोतको अनुमान मनोगत र सामर्थ्यभन्दा बढी छ। चालु खर्च बढाइएको छ। पुँजीगत खर्च घटाइएको छ।'

पुँजीगत खर्च घटाएर चालु खर्च बढाउने अर्कोतिर आर्थिक वृद्धि ८ प्रतिशत गर्ने लक्ष्य आफैमा हस्यास्पद भएको उनको भनाइ छ। लगानीका स्रोत तथा व्यवस्थालाई संकुचित बनाएर सरकारले ८ प्रतिशतको लक्ष्य राखेर केही महिनाको सन्तुष्टि बाहेक केही नभएको उनको भनाइ छ। 

'समग्रमा बजेट गोस्वारा भाषामा लेखिएको निबन्धजस्तो छ। यसमा न स्रोतको भरपर्दो अनुमान छ। न विकास निर्माणका लागि केन्द्रित छ। केही पनि छैन। सबै कल्पनामात्र छन्' उनले भने। 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend