बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

मंगलबार, जेठ १७ २०७९
५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं- सरकारले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ। पाँच वर्षे वैदेशिक रोजगार बचतपत्र २०८४ सम्म रहनेछ। बचतपत्र जेठ १८ गतेबाट खुल्ने छ। 

बचतपत्रको वार्षिक व्याजदर वार्षिक १२.५० प्रतिशत हुने सरकारले जनाएको छ। व्याज ६÷६ महिनामा भुक्तानी गर्नु पर्ने सर्त राखिएको छ।

राष्ट्र बैंकले जारी गर्ने बचतपत्रमा न्युनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी आह्वान गरीको रकम लगानी गर्न पाउने छन्।

तर त्यसका लागि वैदेशि रोजगारीमा रहेका र विदेशबाट फर्केको छ महिनाको अवधि ननाघेका र उनीहरुका परिवारले बचत पत्रका लागि आवेदन दिन पाउने छन्।


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०१:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend