बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बढ्नै सकेन टेलिकमको सेयर मूल्य, लगानीकर्ताले गुमाए प्रतिकित्ता ८६४ रुपैयाँ

मंगलबार, जेठ १७ २०७९
बढ्नै सकेन टेलिकमको सेयर मूल्य, लगानीकर्ताले गुमाए प्रतिकित्ता ८६४ रुपैयाँ

काठमाडौं- नेपाल टेलिकमको सेयर मूल्य महिनौँदेखि लगातार घटिरहेको छ। समग्र नेप्से परिसूचक घटिरहँदा टेलिकमको सेयर मूल्य पनि बढ्न सकेको छैन। जसका कारण सेयर मूल्य एक वर्षयताकै सस्तो भएको छ।

लाभांशपछि टेलिकमको सेयर मूल्य घटिरहेको छ। बजेटपछि पनि टेलिकमको सेयर मूल्य घट्ने संकेत दिएको छ। सेयर मूल्य लगातार घटेपछि बजार पुँजीकरण १ खर्बले घटिसकेको छ भने उच्च मूल्यबाट लगानीकर्ताले प्रतिकित्ता ८६४ रुपैयाँ गुमाइसकेका छन्।

ntc.PNG

कम्पनीको सेयर मूल्य केही समयअगाडि बढेर १७९९.९० रुपैयाँसम्म पुगेको थियो भने घटेर ९३५ रुपैयाँसम्म आएको छ। इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटेको थियो।

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिदिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत विज्ञहरूले लगाएका थिए। पछिल्लो ५२ हप्तामा टेलिकमको ९ सय ३३ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। 

तेस्रो त्रैमासिक अवधि (२०७८ चैत्र मसान्त) मा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार नाफा कमाएको टेलिकमले कमाएको छ। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। बजार पुँजीकरण १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। गत एक साता अगाडि २ खर्ब ५७ रुपैयाँ रहेको थियो।  


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०१:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend