बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उपकार लघुवित्तका लगानीकर्ताले दोस्रो दिनमै कमाए १३ हजारभन्दा बढी, सेयर मूल्य कतिसम्म पुग्ला?

सोमबार, जेठ १६ २०७९
उपकार लघुवित्तका लगानीकर्ताले दोस्रो दिनमै कमाए १३ हजारभन्दा बढी, सेयर मूल्य कतिसम्म पुग्ला?

काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको दोस्रो दिनमै लगानीकर्ताले १३ हजार ६०० रुपैयाँ कमाएका छन्।

कम्पनीको ओपनिङ कारोबार नै १२११ रुपैयाँमा भएको थियो। यो साताको पहिलो दिन सोमबार प्रतिकित्ता १०३ रुपैयाँले बढेर १३६३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

upakar.PNG

कम्पनीले गत चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको थियो। कम्पनीको सवैसूचक आकर्षक भएकोले घट्दो बजार भएपनि सेयर मूल्य उच्च मूल्यमा जाने अनुमान गरिएको छ। 

६ लाख ५६ हजार २ सय ५० कित्ता आईपीओ नेप्सेमा कारोबार हुनसक्ने गरी सूचीकृत भएको छ। नेप्सेले सेयर न्युनतम ४०३.९१ रुपैयाँदेखि अधिकतम १२११.७३ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। 

चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो। 


प्रकाशित : सोमबार, जेठ १६ २०७९१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend