शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

११ उपमहानगरपालिकालाई केन्द्र सरकारले पठायो १० अर्ब ४२ करोड, सबैभन्दा बढी घोराही उपमहानगरपालिकालाई १ अर्ब ९ करोड

images
सोमबार, जेठ १६ २०७९
images
११ उपमहानगरपालिकालाई केन्द्र सरकारले पठायो १० अर्ब ४२ करोड, सबैभन्दा बढी घोराही उपमहानगरपालिकालाई १ अर्ब ९ करोड
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत ११ वटा उपमहानगरपालिकालाई विभिन्न अनुदान शीर्षकमा १० अर्ब ४२ करोड ३१ लाख रुपैयाँ बजेट पठाएको छ।

images
images
images

केन्द्र सरकारले समानिकरण अनुदान शीर्षकमा ३ अर्ब ७६ करोड ७३ लाख, सर्शत अनुदान शीर्षकमा ६ अर्ब १८ करोड ८७ लाख, विशेष अनुदान शीर्षकमा २३ करोड १६ लाख र समपुरक अनुदान शीर्षकमा २३ करोड ५५ लाख रुपैयाँ पठाएको हो।

images
images

कुन उपमहानगरपालिका लागि कति?

images
images

१) इटहरी उपमहानगरपालिका– ९५ करोड २३ लाख रुपैयाँ

२) धरान उपमहानगरपालिका–  ८३ करोड ४ लाख रुपैयाँ

३) जनकपुर उपमहानगरपालिका – ९५ करोड ७४ लाख रुपैयाँ

४) कलैया उपमहानगरपालिका – ९२ करोड १८ लाख रुपैयाँ

५) जितपुर–सिमरा उपमहानगरपालिका – ८१ करोड ११ लाख रुपैयाँ

६) हेटौंडा उपमहानगरपालिका – १ अर्ब ६ करोड ९५ लाख रुपैयाँ

७) बुटवल महानगरपालिका –८६ करोड ४३ लाख रुपैयाँ

८) घोराही उपमहानगरपालिका – १ अर्ब ९ करोड ९७ लाख रुपैयाँ

९) तुल्सिपुर उपमहानगरपालिका – ९९ करोड ४३ लाख रुपैयाँ

१०) नेपालगञ्ज उपमहानगरपालिका –९५ करोड ७५ लाख रुपैयाँ

११) धनगढी उपमहानगरपालिका –९६ करोड ४८ लाख रुपैयाँ


प्रकाशित : सोमबार, जेठ १६ २०७९११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend