सोमबार, वैशाख ३१ गते २०८१    
images
images

एभरेष्ट बैंकको सिइओमा खालिङ, पहिलो पटक नेपाली नियुक्त्त

images
images
images
एभरेष्ट बैंकको सिइओमा खालिङ, पहिलो पटक नेपाली नियुक्त्त

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुदेश खालिङले नियुक्त भएका छन्। खालिङले शुक्रबारबाट एभरेष्ट बैंकको सिइओको जिम्मेवारी सम्हालेका हुन्।

images
images

काठमाडौं- एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुदेश खालिङले नियुक्त भएका छन्। खालिङले शुक्रबारबाट एभरेष्ट बैंकको सिइओको जिम्मेवारी सम्हालेका हुन्।

images
images
images

बैंक सञ्चालक समितिले उनलाई ६ महिनाअघि नै नियुक्ति दिएपनि कुलिङ पिरियडको ब्यवस्थाले रोकिएका थिए। बैंक स्थापनाको २५ बर्षपछि पहिलो पटक नेपाली  नागरिकलाई प्रमुख कार्यकारी बनाएको हो। 

images

एभरेष्टले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने गरेको थियो। एभरेष्टमा पञ्जाबको २० प्रतिशत लगानी छ।

images

खालिङ यसअघि सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए। लक्ष्मी बैंकको मूख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी भाइस प्रसिडेन्डबाट उनी प्रमुख कार्यकारी बनेका थिए। चार वर्षे कार्यकाल पूरा गरी उनी बाहिरिएका थिए।

images
images

images

प्रकाशित : शुक्रबार, असोज ८ २०७८०२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend