मंगलबार, असोज १ गते २०८१    
images
images

६ महानगरपालिकालाई केन्द्र सरकारले पठायो १० अर्ब ३१ करोड बजेट, कुन महानगरपालिकालाई कति?

सबैभन्दा बढी पाेखरा महानगरपालिकालाई

images
सोमबार, जेठ १६ २०७९
images
images
६ महानगरपालिकालाई केन्द्र सरकारले पठायो १० अर्ब ३१ करोड बजेट, कुन महानगरपालिकालाई कति?
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेटमार्फत ६ वटा महानगरपालिकालाई विभिन्न अनुदान शीर्षकमा १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पठाएको छ।

images
images
images

केन्द्र सरकारले समानिकरण अनुदान शीर्षकमा ३ अर्ब ३९ करोड ५५ लाख, सर्शत अनुदान शीर्षकमा ६ अर्ब ५५ करोड ८४ लाख, विशेष अनुदान शीर्षकमा १५ करोड ३० लाख र समपुरक अनुदान शीर्षकमा २० करोड ६० लाख रुपैयाँ पठाएको हो।

कुन महानगरपालिका लागि कति?

विराटनगर महानगरपालिकालाई केन्द्र सरकारले १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पठाएको छ।  यसैगरी विरगञ्ज महानगरपालिकालाई केन्द्र सरकारले १ अर्ब ४४ करोड ८६ लाख रुपैया र भरतपुर महानगरपालिकालाई १ अर्ब ८० करोड २४ लाख ४ रुपैयाँ विभिन्न अनुदान शीर्षक केन्द्र सरकारले बजेट पठाएको छ।

images

यसैगरे काठमाडौं महानगरपालिकालाई २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ र पोखरा महानगरपालिकालाई २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ र ललितपुर महानगरपालिकालाई १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ बजेट केन्द्र सरकारले दिएको छ।

सबैभन्दा बढी पोखरा महानगरपालिका र दोस्रो बढीमा काठमाडौं महानगरपालिकालाई बजेट पठाएको छ।


प्रकाशित : सोमबार, जेठ १६ २०७९११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend