बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

केन्द्र सरकारले प्रदेश सरकारलाई दियो १ खर्ब ४६ अर्ब अनुदान, कुन प्रदेशलाई कति?

सोमबार, जेठ १६ २०७९
केन्द्र सरकारले प्रदेश सरकारलाई दियो १ खर्ब ४६ अर्ब अनुदान, कुन प्रदेशलाई कति?

आगामी आवका लागि बागमती प्रदेशले २० अर्ब ३२ कोड ६६ लाख रुपैयाँ अनुदान पाउने छ।  

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटबाट १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण गरेको छ।

केन्द्र सरकारले प्रदेश सरकारहरुलाई समानीकरण अनुदान, सर्शत अनुदान र विशेष अनुदान गरि तीन शीर्षकमा रक उपलब्ध गराउने व्यवस्था गरेको छ। 

यसरी हस्तारण गरिएको मध्ये सबैभन्दा धेरै बागमती प्रदेशले पाएको छ। आगामी आवका लागि बागमती प्रदेशले २० अर्ब ३२ कोड ६६ लाख रुपैयाँ अनुदान पाउने छ।  

त्यस्तै सबैभन्दा कम गण्डकी प्रदेशले केन्द्र सरकारबाट तीन शीर्षकमा अनुदान पाएको छ। आगामी आवका लागि गण्डकीले १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ पाएको छ। 

यस्तो छ प्रदेश अनुसारको अनुदान विवरण 

प्रदेश नम्बर १ ले १९ अर्ब ९ करोड १९ लाख रुपैयाँ 

मधेश प्रदेशले १९ अर्ब १५ करोड ९ लाख रुपैयाँ 

बागमती प्रदेशले २० अर्ब ३२ करोड ६६ लाख रुपैयाँ 

गण्डकी प्रदेशले १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ 

लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ 

कर्णाली प्रदेशले १८ अर्ब ३० करोड ६१ लाख रुपैयाँ 

सुदूरपश्चिम प्रदेशले १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ


प्रकाशित : सोमबार, जेठ १६ २०७९११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend