काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाेखरा-जाेमसाेम उडानका क्रममा भएको तारा एयरको दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेकाे छ।
वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमनको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएको हो। जसमा क्याप्टेन दीपुराज ज्वार्चन, बरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिव प्राविधिक बुद्धिसागर लामिछाने रहेका छन्।
पोखराबाट जोमसोम उडेको जहाज आइतबार बिहान १० बजेदेखि हराएको थियाे। जहाज साेमबार बिहान मात्रै मुस्ताङकाे थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे थियाे।