बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बजेटले विश्वस्त पारेन लगानीकर्तालाई, सेयर बजारमा ५० अंकको पहिरो

सोमबार, जेठ १६ २०७९
बजेटले विश्वस्त पारेन लगानीकर्तालाई, सेयर बजारमा ५० अंकको पहिरो

काठमाडौं- आइतबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटले खास सम्बोधन गर्न नसक्दा लगानीकर्ता सेयर बजारलाई लिएर विश्वस्त हुन सकेका छैनन्। जसका कारण यो साताको पहिलो कारोबारमा सोमबार बजार ५०.३३* अंकले घटेर २१७३.४४ बिन्दुमा झरेको छ।

कारोबार रकममा पनि खास सुधार हुन नसकेको बजारमा सोमबार १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ। जसमा पाँच कम्पनीको मात्र सेयर मूल्य बढेको छ। 

गएको साताको अन्तिम कारोबारमा शुक्रबार पनि १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। कारोबार रकमका हिसाबले पनि शुक्रबार सुखद रहन सकेको थिएन। शुक्रबार १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो। 

अहिलेको अवस्थामा बजार २२ सयकै बिन्दुमा अडिएर वृद्धितर्फ लाग्ने विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता बजेटमार्फत सम्बोधन हुन नसक्दा विश्वस्त हुन सकेका छैनन्। यसैले बजारले ओरालो यात्रातर्फ संकेत गरिरहेको छ। 

आगामी आर्थिक वर्षको बजेटपछि सेयर बजार सकारात्मक हुने विश्लेषण भइरहँदा बजारमा अपेक्षाकृत साथ मिलिरहेको थिएन। यस्तोमा बजेटमा समेत खास सम्बोधन नहुँदा बजारको गति बुझ्न नसकिएको विश्लेषकहरू बताउँछन्। 

*५०.३३ अंकले घटेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको 


प्रकाशित : सोमबार, जेठ १६ २०७९०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend