शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कानूनी अड्चन फुकाएर निजगढ विमानस्थल निर्माण थालनी गर्न सरकारलाई संसदीय समितिको निर्देशन

images
सोमबार, जेठ १६ २०७९
images
कानूनी अड्चन फुकाएर निजगढ विमानस्थल निर्माण थालनी गर्न सरकारलाई संसदीय समितिको निर्देशन
images
images

काठमाडौं- कानूनी प्रक्रिया पूरा गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामअगाडि बढाउन सरकारलाई निर्देशन भएको छ।

images
images
images

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको सिंहदरबारमा बसेको बैठकले कानूनी अड्चन फुकाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थालनी गर्न सरकारलाई निर्देशन दिएको हो।

images
images

गत बिहीबार मात्रै सर्वोच्चको वृहत पूर्ण इजलासबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरेको थियो। तर संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो।

images
images

सरकारले पनि आइतबारमात्रै संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा ढुंगो लगाइ लगानी बोर्डमार्फत विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने विषय बजेटमा समावेश गरेको थियो।

विमानस्थल निर्माणमा अहिलेसम्म ३ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।


प्रकाशित : सोमबार, जेठ १६ २०७९०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend