शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य बिहानैबाट सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १६ २०७९
images
हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य बिहानैबाट सुरु
images
images

काठमाडौं- पोखरा जोमसोम उडानका क्रममा हिजो आइतबारदेखि हराइरहेको तारा एयरको जहाज खोजी कार्य विहानै बाट सुरु भएको छ।

images
images
images

अहिले मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी कार्य भइरहेका छ। हिजो देखि हराइरहेको जहाजमा २ जना विदेशी, ४ जना भारतीय, १३ जना नेपाली र ३ जना चालकदलका सदस्य रहेका छन्। खराब मौसकका कारण हिजो रातिदेखि खोजी कार्य बन्द गरिएको थियो। पुनः बिहानैबाट खोजी कार्यसुरु भएको हो।

images
images

हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो। आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको तारा एयरले जनाएको छ। खोजीमा सेनाको हेलिकोप्टस प्रयोग भएको छ।

images
images

अहिले हेलिकोप्टर र पैदल दुवै तर्फबाट खोजी सुरु गरिएको छ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा टोली निलगिरि हिमालतर्फ खोजी गरिएको छ। 


प्रकाशित : सोमबार, जेठ १६ २०७९०१:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend