शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

बियरदेखि सुपारीसम्म बढ्यो कर

images
बिजनेस न्युज
images
images
बियरदेखि सुपारीसम्म बढ्यो कर
images
images

काठमाडौं- सरकारले बियरमा भारी कर लगाएको छ। बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढाएका छन्।

images
images
images

यसअघि प्रतिलिटर १९८ रुपैयाँ लाग्दै आएको अन्तशुल्कमा ३० रुपैयाँले थप गरी २२८ रुपैयाँ बनाइएको छ। सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ बनाइएको छ। सुर्तीरहित पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँलाई ८२१ रुपैयाँ बनाइएको छ। 

images

इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ कायम गरिएको छ। अन्य इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ बनाइएको छ। अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँलाई ३० रुपैयाँ बनाइएको छ।

images

images

प्रकाशित : आइतबार, जेठ १५ २०७९०५:१४
प्रतिक्रिया दिनुहोस