शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

यी हुन् अन्तःशुल्क र भन्सार बढेका मोटरसाइकल, माेटरसाइकलको मूल्य बढ्यो

images
images
यी हुन् अन्तःशुल्क र भन्सार बढेका मोटरसाइकल, माेटरसाइकलको मूल्य बढ्यो
images
images

काठमाडौं- सरकारले आर्थिक ऐन २०७९ मार्फत महँगा मोटरसाइकलको भन्सार तथा अन्तःशुल्क बढाएको छ। सरकारले २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलमा भन्सार तथा अन्तः शुल्क बढाएको हो।

images
images
images

विलासी वस्तु आयात नियन्त्रणका लागि मोटरसाइकलमा समेत कर बढाएको हो।

images

२५० सीसीसम्म पहिले ३० प्रतिशत रहेको भन्सार शुल्क अहिले ४० प्रतिशत पुगेको छ। यसैगरी अन्तःशुल्क ६० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ। 

images

जसमा २५०-५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० र अन्तः शुल्क ८० बाट ९० प्रतिशत बनाइएको छ।

images
images

५ सय देखि ८ सय सीसीको हकमा पहिले भन्सार ३० प्रतिशत थियो। यसलाई बढाएर ८० प्रतिशत भन्सार बनाइएको छ। अन्तःशुल्क भने १०० नै यथवात राखिएको छ।

यसैगरी ८ सय सीसीभन्दा माथिको हकमा भन्सार पहिले ३० प्रतिशत थियो भने अब ८० प्रतिशत बनाइएको छ। साथै अन्त:शुल्क भने यथावत नै छ।

images

प्रकाशित : आइतबार, जेठ १५ २०७९०३:३५

प्रतिक्रिया दिनुहोस