शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

चलायमान हुँदै पर्यटन क्षेत्र

चिनियाँ तत्काल नआउने, भारतीय पर्यटकलाई सहज

images
शुक्रबार, असोज ८ २०७८
images
images
चलायमान हुँदै पर्यटन क्षेत्र

सरकारले कोभिडविरुद्धको खोप लगाएर नेपाल आउने पर्यटकलाई सहज रुपमा घुमफिरको व्यवस्था गरेसँगै डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला भएको छ। क्वारेन्टिनमा बस्न नपर्ने निर्णयले पर्यटन क्षेत्र चलायामन हुने आशमा व्यवसायी देखिन्छन्। 

images
images

काठमाडौं- सरकारले कोभिडविरुद्धको खोप लगाएर नेपाल आउने पर्यटकलाई सहज रुपमा घुमफिरको व्यवस्था गरेसँगै डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला भएको छ। क्वारेन्टिनमा बस्न नपर्ने निर्णयले पर्यटन क्षेत्र चलायामन हुने आशमा व्यवसायी देखिन्छन्।

images
images
images

नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेर कार्यक्रम गरे पनि कोरोनाका कारण रोक्नु परेको थियो। सन् २०१९ मा १२ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए। २०७६ फागुनदेखि पूर्णरुपमा बन्द भएको पर्यटन क्षेत्र गत वर्ष केही समय खुकुलो गरेर हिमाल आरोहीलाई नेपाल ल्याइएको थियो। तर निर्वाध घुमफिरको व्यवस्था भने गरिएको थिएन। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटकलाई नेपाल घुम्नका लागि सबै प्रकारका ढोका खोल्ने निर्णयले पर्यटन क्षेत्र उत्साहित देखिएको छ। 

नेपालमा पर्यटनको मुख्य सिजन भरखरै सुरु भएका छन्। केही बुकिङ अझै पनि बाँकी रहेकोले यो व्यवस्थाले केही संख्यामा भने पनि विदेशी पर्यटक नेपाल आउने आशा पर्यटन व्यवसायीको छ। 

images

‘सरकारले अनअराइभल भिसासमेत खुला गरेकोले विदेशीका लागि नेपाल अब सहज हुने अपेक्षा गरिएको छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले भने। एक महिना अगाडि खुलाउन सकिएको भए यो सिजनमा नै बुकिङ भएका पर्यटक आउने विश्वास रहे पनि अब नोभेम्बर डिसेम्बरसम्म राम्रै विदेशी पर्यटक आउने रेग्मीको बुझाइ छ। 

images

नेपालमा ३३ प्रतिशतलाई असोज मसान्तसम्म कोभिड–१९ विरुद्धको खोप लगाउने सरकारले अनअराइभल भिसा र क्वारेन्टाइनसमेत हटाएकोले पर्यटन क्षेत्र सहज हुँदै जाने होटल संघ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्। ‘सरकारले गरेको निर्णय सतप्रतिशत लागु भयो भने पर्यटन क्षेत्रमा नयाँ मुभमेन्ट सुरु हुन्छ,’ शाहले भने। 

पर्यटन क्षेत्र असामान्य अवस्थामा रहेकोले पनि सबै मिलेर सहज बनाउनेतिर जानु पर्ने शाहले बताए। ‘सरकारले बजेटमा एक महिनाको भिसा फ्रि गर्ने निर्णय भएकोले पनि संसारभरको पर्यटकलाई नेपाल खुलेको सन्देश जान्छ,’ शाहले भने। 

अहिले पनि नेपाललाई अमेरिका तथा युरोपले ‘रेडरोजन’ मा राखेकोले सरकारले लविङ गर्नुपर्ने उनले बताए। उता चीनले पनि नेपाल आउन नागरिकलाई रोक लगाएकोले सरकारले पहल गर्नुपर्ने शाहको भनाइ छ।  

नेपालको लागि पर्यटक आउन सबै देशबाट खुला भए पनि भारतबाट नै धेरै पर्यटक आउने अपेक्षा गरिएको छ। तर चीनबाट भने अझै पनि विदेश घुम्न जान खुला नगरिएकोले चिनियाँ पर्यटक नेपाल आउन पाउने छैनन्। भारतबाट अब धमाधम पर्यटक आउन थाल्ने रेग्मीको भनाइ छ। नेपालले अब भारतमा केन्द्रित गरेर पर्यटन प्रर्वद्धनका कार्यक्रमसमेत गर्न लागिएको रेग्मीले जानकारी दिए। नेपालमा भारतपछि चीनबाट धेरै पर्यटक नेपाल आउने गरेको भए पनि चीनले बाहिर जान रोकेकोले तत्काल आउने अवस्था नरहेको रेग्मीले बताए। 

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले लामो प्रयासपछि बल्ल सरकारले निर्णय गरेकोले विदेशी पर्यटक नेपाल आउन सुरुवात हुने बताउँछन्। ‘विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिँदा पर्यटन क्षेत्र केही सहज हुने भनेर सबै निकायमा ढोका ढकढक गरेका थियौँ,’ अध्यक्ष सुवेदीले भने। 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीले पटक÷पटक आफ्ना माग सरकारसँग राख्दा बल्ल सरकारले सुनेको बताए। 

‘सरकारले विमानस्थलमै पीसीआर मेसिन राखेकोले अझ प्रभावकारी काम गरेर सुरक्षित बनाउन आवश्यक छ,’ गुरागाईंले भने। 

अहिले आन्तरिक पर्यटक बढाउन एक प्रदेशबाट अर्को प्रदेशमा पर्यटक आदान प्रदान गर्ने उद्देश्यले मुख्यमन्त्रीहरू घुमाउने काम गरिहरेको बताए। आफूहरुले दुई नम्बर प्रदेशका मुख्यमन्त्रीलाई गण्डकीमा निम्तो दिएर भ्रमण गराएको यसैगरि देशैभर घुमफिरको वातावरण बनाउन भएको उनले सुनाए। 

नयाँ सर्तमा के के छन् ? 

स्वास्थ्य तथा जनसंखया मन्त्रालयले नेपाल प्रवेश गर्ने अध्यागमन बिन्दुमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनु पर्ने भएको छ। यसको स्थान छनोटको काम भने पर्यटन र गृह मन्त्रालयले गर्नेछन्।

सरकारले पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो।

सरकारले विभिन्न विभिन्न निर्णय गर्दै नयाँ सर्तहरु राखेर पर्यटकलाई नेपाल आउन खुला गरेको छ। जसमा कोभिड–१९ खोपको मात्रा पूरा गरेको १४ दिन पार गरेका नेपाली र गैरआवासीय नेपालीले गन्तव्यमा जान पाउने छन्। उनीहरूले ७२ घण्टाभित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट भने साथमै बोक्नु पर्नेछ। 

पर्यटन मन्त्रालयका अनुसार पूर्ण खोप लगाएको १४ दिन पुगेका कुटनीतिक नियोगमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई पीसीआर परीक्षणका आधारमा गन्तव्यमा जाने दिइने छ। विमानस्थल वा अध्यागमन बिन्दुमा कोभिड एन्टिजेन परीक्षण गर्नुपर्नेछ। कुटनीतिक नियोगको सिफारिसमा नेपाल आउने विदेशीले भने १० दिन क्वारेन्टिनमा बस्ने सर्तसहित गन्तव्यमा जान पाउने छन्।  

कोभिड–१९ नेगेटिभ आएको रिपोर्ट देखाएमा भारतीय नागरिकले स्थलमार्गमा प्रवेश पाउने छन्। अब नेपाल–भारत सीमाबाट भारतीय नागरिकले समेत सहजै प्रवेश पाउने छन्। यसका लागि यात्रुको साथमा ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ। 

अनअराइभल भिसा नलिइ सम्बन्धित मुलुकको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने पर्यटकलाई पनि खोपको मात्रा भने पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ। 


प्रकाशित : शुक्रबार, असोज ८ २०७८०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend