शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

पेट्रोलियम पदार्थको कर घटाउने अर्थमन्त्रीको घोषणा

images
बिजनेस न्युज
images
images
पेट्रोलियम पदार्थको कर घटाउने अर्थमन्त्रीको घोषणा
images
images

काठमाडौं- बजेट भाषणको अन्तिममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा कर घटाउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

images
images
images

कति घट्ने भन्ने विषय भने सार्वजनिक हुनै बाँकी रहेको छ। यसअघि नै अर्थ मन्त्रालयले १० रुपैयाँ कर घटाउने गरी तयारी गरिरहेको थियो। अर्थमन्त्री आइतबार बजेट प्रस्तुत गरिरहँदा अन्त्यमा मूल्य घटाउने प्रतिवद्धता गरेर भाषण सकाएका हुन्। 

images

नेपाल आयाल निगमले १ सय १७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोल जनतालाई १ सय ८० रुपैयाँमा बेच्दै आएको छ। सरकारले पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटरमा १० रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यास सिलिन्डरमा दुई सय रुपैयाँ बढाएको थियो।

images

अहिले विशेष गरी पूर्वाधार करका रुपमा जोडिएको रकम हटाइने तयारी देखिन्छ। 

images
images

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो। नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधामन्त्री हुँदाको सरकारले ५ रुपैयाँ थपेर पूर्वाधार कर भन्दै प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो।

निजी क्षेत्र र उपभोक्ता अधिकारकर्मीहरूले समेत करमा केही कटौती गरेर इन्धनको मूल्य घटाउन माग गर्दै आएका थिए। 

images

प्रकाशित : आइतबार, जेठ १५ २०७९०१:११
प्रतिक्रिया दिनुहोस