काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशनमा १० प्रतिशत कोटा छुट्याइने भएको छ।
सरकारले बजेटमार्फत रेमिट्यान्स व्यवस्थित गराउनका लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्याउने घोषणा गरेको हो।
सरकारले बजेट मार्फत बिमा कम्पनीले निश्चित प्रतिशत पूर्वाधार आयोजनामा लगानी गर्नुपर्ने व्यवस्था समेत गरिएको छ भने धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानीका लागि कानुनी व्यवस्था गरिने समेत घोषणा बजेटमार्फत गरिएको छ।