आइतबार, वैशाख ३० गते २०८१    
images
images

लगानीकर्ता एकपछि अर्को गर्दै किन क्षेत्रगत रुपमा बढाउँछन् सेयर?

images
images
images
लगानीकर्ता एकपछि अर्को गर्दै किन क्षेत्रगत रुपमा बढाउँछन् सेयर?

पछिल्लो समय पुँजी बजारको क्षेत्रमा किन लगानीकर्ताहरू एक पछि अर्को गर्दै कम्पनी फेरि फेरि सेयर बढाउन थालेका छन्। 

images
images

काठमाडौं- पछिल्लो समय पुँजी बजारको क्षेत्रमा किन लगानीकर्ताहरू एक पछि अर्को गर्दै कम्पनी फेरि फेरि सेयर बढाउन थालेका छन्। 

images
images
images

पुँजी बजारको  नियमअनुुसार लगानीकर्ताले कम्पनीलाई नै तोकेर एकपछि अर्को गर्दै समूूहगत रुपमा सेयर बढाउन र घटाउन मिल्दैन। पुँजी बजार संघर्ष समितिका एक अधिकारी भन्छन्, ‘सेयर बजारको यो कुुनै नौलो विषय होइन तर, पछिल्लो समय यस्तो  लगातार जसो देखिँदा कतै सेयर इन्साइडर ट्रेड्रिङ भइरहेको छ कि भन्ने शंका गर्ने स्पेस पनि रहन सक्छ।’ 

images

अघिल्लो दुुईहप्ता अघिको बजारमा लगातार पाँच दिनको अवस्था अध्ययन गर्दा हरेक कारोबारमा फेरि फेरि सेयर मूल्य बढाएका छन्। कारोबारमा जलविद्युत, फाइनान्स, निर्जीवन बीमा कम्पनीलाई टार्गेट बनाएर सेयर बढाएको देखिन्छ।

images

सेयर बजार दबाब समूूहका अर्को एक लगानीकर्ताका अनुसार केही ठूला लगानीकर्ताको झुण्ड नै पछिल्लो समय कम्पनीअनुसार नै सेयर बढाउन लागि परेका छन्। यता धितोपत्र बोर्डले पनि यस विषयलाई चासोको साथ हेर्नुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘धितोपत्र बोर्डले यस विषयमा जानकारी लिन आवश्यक छ। क्लब हाउस जस्ता सामाजिक सञ्जालमा भइरहेको बहसले पनि कम्पनीगत रुपमा बजार बढाउने गरेको देखिन्छ।’ 

images
images

करेक्सनपछि सेयर बजारमा उतार चढाव आउने क्रमजारी छ भने कम्पनीगत रुपमा सेयर बढाउनेको संख्यामा पनि वृद्धि भइरहेको छ। बिहीबार पनि वाणिज्य बैंकतर्फ लगानीकर्ता सोझिएका छन्। फाइनान्स समूूहको सूचक हरियाली बन्दा बाँकी ११ वटा समूहको सूचक नकारात्मक बनेका छन्। जलविद्युत, निर्जीवन बीमा, विकास बैंकका लगानीकर्ता निराश बन्न पुगे।

नेप्से परिसूचक बिहीबार झिनो अङ्कले बढेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५ मा पुगेको हो। 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ५३०.०२ मा उक्लिएको छ। कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर रु सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए। बिहिबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब १५ करोड ७ लाख ९० हजार रुपैयाँको हाराहारीमा पुगेको छ। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको सेयर उकालो लाग्यो भने ११ उपसमूहको सेयर भने ओरालो लागेको छ। नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अङ्कले उकालो लागे। केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको सेयर मूल्यमा सुधार देखिएको हो। व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ बिन्दुले ओरालो लागेको छ। 

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भयो। नेपाल बैंक २७ करोड १० लाख ७७ हजार १ सय ४३, माछापुच्छ्रे बैंक २३ करोड ८६ लाख ८८ हजार ६ सय ३, नेशनल हाइड्रोपावर २१ करोड ९६ लाख ५० हजार ५ सय ५ र युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख २३ हजार २ सय ७७ रुपैयाँ बराबरको कारोबार भयो। 

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। प्राइम लाइफ इन्स्योरेन्स ६.१३, नेपाल बैंक ५.५१, नेपाल बंगलादेश बैंक ५.३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन्। 

हिमालयन पावर पार्टनर ५.०९, यूनियन हाइड्रोपावर ५.०५, शिव श्री हाइड्रोपावर ४.६७, अरुण भ्याली हाइड्रोपावर ४.३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतले गुमाए। 

images

प्रकाशित : बिहीबार , असोज ७ २०७८१२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend