काठमाडौं- सरकारले नागढुंगा सुरुङ मार्ग आगामी आर्थिक वर्षमा निर्माण सकिने बताएको छ। उक्त आयोजनामा सरकारले आगानी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
जापान सरकारको ऋण लगानी र नेपाल सरकारको समेत लगानीमा उक्त सुरुङ मार्ग निर्माण भइरहेको छ। हालसम्म उक्त आयोजनाको काम करिब ४० प्रतिशत सकिएको छ। हालै मात्र आयोजनाको म्यादसमेत भएको छ।