काठमाडौं- सरकारले आगामी वर्षदेखि किसानलाई उखुको क्रसिङ भएकै वर्ष अनुदान वितरण हुने व्यवस्था मिलाउने भएको छ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई अनुदान दिनका लागि ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।
उखुको खेती विस्तार तथा प्रबर्द्धनका लागि उन्नत बिउको व्यवस्था मिलाइने जानकारी दिएका छन्।