शनिबार, वैशाख ८ गते २०८१    
images
images

रोजगारीका लागि भदौ महिनामै बाहिरिए ३६ हजार युवा

images
बिजनेस न्युज
images
रोजगारीका लागि भदौ महिनामै बाहिरिए ३६ हजार युवा

आर्थिक वर्ष २०७८/०७९ को दोस्रो महिना भदौमै रोजगारीका लागि ३६ हजारभन्दा बढी युवा विदेशिएका छन्।

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ को दोस्रो महिना भदौमै रोजगारीका लागि ३६ हजारभन्दा बढी युवा विदेशिएका छन्।

images
images
images

वैदेशिक रोजगार विभागका अनुसार भदौ महिनामा ३६ हजार ४ सय युवाले अन्तिम श्रम स्वीकृत लिएका छन्। यो नै २०६७ चैतपछिको सबैभन्दा ठूलो संख्या हो। विभागका अनुसार भदौ महिनामा ३४ हजार २ सय १८ जना पुरुष र १ हजार ८ सय २२ जना महिलाले विदेश जानका लागि अन्तिम श्रम स्वीकृत लिएका छन्।

images

जसमा म्यानपावर मार्फत २२ हजार ६ सय ८ जना युवा विदेश पुगेका छन्। यसैगरी नेपाल बिदामा आइ फर्कनेको संख्या पनि ११ हजार ३ सय ४८ रहेको छ।

images

साउनमा भने २५ हजार ४ सय २८ युवा रोजगारीका लागि विदेश पुगेका थिए। विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा ५९ हजार ६ सय ४६ जना युवा रोजगारीका लागि विदेश पुगेका छन्।

images
images

युवाको रोजाइँमा कतार

वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको पहिलो रोजाइँमा कतार परेको छ। भदौ महिनामा मात्रै नेपालबाट रोजगारीका लागि १४ हजार ७ सय ९२ जना युवा कतार पुगेका छन्।

जसमा म्यानपावरमार्फत ८ हजार ८ सय २११ जना युवा कतार पुगेका छन् भने बिदामा नेपाल आइ पुनः फर्कनेको संख्या ५ हजार ४ सय ४३ जना रहेका छन्।

तर, नयाँ कामका लागि म्यानपावरमार्फत सबैभन्दा बढी कामदार भने साउदी अरब पुगेका छन्। भदौ महिनामै म्यानपावर मार्फत ११ हजार ६ सय २५ जना युवा साउदी अरब पुगेका छन्। भदौ महिनामा साउदीको रोजगारीका जाने युवाको संख्या भने १३ हजार ५ सय ८७ रहेको छ। यसैगरी, ४ हजार ६ सय ३५ जना युवा युएई पुगेका छन्।

images

प्रकाशित : बिहीबार , असोज ७ २०७८११:३३
प्रतिक्रिया दिनुहोस