काठमाडौं- सरकारले भूमिहीन किसानलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने भएको छ।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन किसानलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने घोषणा गरेका हुन्।
यस्तै बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने, बेरोजगारमध्येबाट ३ सय जना कृषि स्वयंसेवक तयार गरिने पनि घोषणा भएको छ।