बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सबै कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो?

आइतबार, जेठ १५ २०७९
सबै कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो?

काठमाडौं- सरकारले निजामति कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। 

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले कर्मचारीहरुको तलबमानमा १५ प्रतिशतले बढाउने घोषणा गरेको हो। 

बढेको तलब साउनदेखि लागू हुने छ। सरकारी कर्मचारीको तलब ३ हजारदेखि १०२६० रुपैयाँसम्म बढेको छ।

तलबबाहेक नै पनि मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महँगी भत्तावापत मासिक दुई हजार रुपैयाँ एकमुष्ट पाउँछन्। साथै हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकमसमेत तलबका रुपमा पाउँछन्। साथै वर्षको एकपटक पोशाक भत्ता समेत पाउँछन् ।

साउनदेखि कसको तलब कति हुनेछ?

karmachari talab.jpg

गत वर्ष अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९ संक्रमणका कारण अन्य खर्चमा चाप परेको भन्दै दुई हजार रुपैयाँमात्र तलब बढाएका थिए।  

सरकारले आव २०७६/०७७ मा सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरुको तलबमानमा राजपत्रअनंकित श्रेणीका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशतले तलब वृद्धि गरेको थियो।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend