बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आयोजना आसपासका बासिन्दाका लागि श्वेत-गङ्गा हाइड्रोपावरको आईपीओ आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
आयोजना आसपासका बासिन्दाका लागि श्वेत-गङ्गा हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं- श्वेत-गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्ने कूल सेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका-२, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका-४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्काशनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका- ५, ६ र ७ र मन्थली नगरपालिका-११, १२ र १३ तथा रामेछाप नगरपालिका-१ र ३ का बासिन्दाका लागि निष्काशनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता सेयर बिक्रीका लागि दर्खास्त आह्वान गरेको हो।

त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका-१ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका-१, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता सेयर छुट्याइएको छ। बिक्री खुला गरिने सेयरमा स्थानीय लगानीकर्ताले आगामी असार ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। साथै नेपाल एसबिआइ बैंकको ओखलढुङ शाखा, साङ्ग्रिला डेभलपमेन्ट बैंक रामेछापको मन्थली शाखा र कम्पनीको आयोजनास्थलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८दशमलव एक  मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-बिबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : आइतबार, जेठ १५ २०७९०६:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend