शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

दुर्घटना भएको जहाजमा यात्रु बनेर उडेका थिए तारा एयरकै सिनियर पाइलट 

images
सोमबार, जेठ १६ २०७९
images
दुर्घटना भएको जहाजमा यात्रु बनेर उडेका थिए तारा एयरकै सिनियर पाइलट 
images
images

काठमाडौं- पोखराबाट जोमसोमका लागि उडेको तार एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जहाज आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडान गरेको थियो।

images
images
images

कलसाइन नाइन-एन एईटी जहाजमा चारजना भारतीय, दुईजना जर्मन नागरिक र १३ जना नेपाली साथै तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रु थिए। दुर्घटनामा सबैको निधन भएको छ।

images
images

सवार यात्रुमा एक जना तारा एयरकै सिनियर पाइलट समेत रहेको खुलेको छ।

images
images

बसन्त लामा तारा एयरकै सिनियर पाइलट हुन्। लामा नेपाल एयरलाइन्सका बोइङ जहाज उडान गर्ने डिके बुद्धिष्टका छोरा हुन्।

उनी यात्रुको रुपमा मुस्ताङ घुम्न गएको बुझिएको छ।


प्रकाशित : सोमबार, जेठ १६ २०७९०३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend