काठमाडौं- सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएको छ। अब ६८ वर्षमै वृद्ध भत्ता पाउने भएका छन्।
सामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धाहरूले मासिक चार हजार पाउँदै आएका छन्। अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने बताएका छन्।