शनिबार, वैशाख १५ गते २०८१    
images
images

सवारी दर्ता संख्या ४८ लाख ८२ हजार पुग्यो, ८ महिनामा थपियो सवा ४ लाख

मोटरसाइकलको हिस्सा ८० प्रतिशत

images
images
images
सवारी दर्ता संख्या ४८ लाख ८२ हजार पुग्यो, ८ महिनामा थपियो सवा ४ लाख

चालु आर्थिक वर्षको फागनु मसान्तसम्म देशभरी दर्ता भएका सवारीको साधनको संख्या ४८ लाख ८२ हजार २ सय ६७ पुगेको छ। 

images
images

काठमाडौं- अस्तव्यस्त सार्वजनिक सवारीका कारण निजी सवारी प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दो छ। चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि फागुनसम्ममा मात्रै ४ लाख १६ हजार ४ सय २६ सवारी दर्ता भएका छन्। 

images
images
images

८ महिनामा दर्ता भएका सवारीमा ३ लाख ६० हजार २ सय ९४ वटा मोटरसाइकल/स्कुटर मात्रै रहेका छन्।

images

यसैगरी ८ महिनामै दर्ता भएका मध्ये २ हजार १ सय ४१ वटा बस, २ हजार ६ सय ४० वटा मिनिबस/मिनिट्रक र ५ हजार ६ सय ५१ वटा केन, डोजर, एस्काभेटर र ट्रक रहेका छन।

images

यसैगरी १७ हजार ८१ वटा कार/जिप/भ्यान, ५ हजार ९ सय ५६ वटा पिक अप, ४ सय ७४ वटा माइक्रोबस, ९ हजार ७ सय १० वटा टेम्पो, ७ हजार ३ सय १९ वटा टेक्टर/पावर टिलर, ४ हजार ७ सय ४८ वटा ई-रिक्सा र ४ सय ५६ वटा अन्य प्रकृतिका सवारी दर्ता भएका छन्।

images
images

दर्ता सवारीको संख्या पुग्यो ४८ लाख ८२ हजार

चालु आर्थिक वर्षको फागनु मसान्तसम्म देशभरी दर्ता भएका सवारीको साधनको संख्या ४८ लाख ८२ हजार २ सय ६७ पुगेको छ। 

यसरी दर्ता भएका सवारी मध्ये ८० प्रतिशतभन्दा बढी मोटरसाइकल रहेको छ। मोटरसाइकको संख्या मात्रै ३९ लाख ४० हजार ४ सय ५८ पुगेको छ। 

यसैगरी कुल दर्ता सवारी मध्ये ६० हजार ८ सय ६४ वटा बस, ३४ हजार ७ सय २० वटा मिनिबस/मिनिट्रक र १ लाख १९ हजार ९ सय ३८ वटा केन, डोजर, एस्काभेटर र ट्रक रहेका छन।

त्यस्तै ३ लाख ८ हजार १ सय ९ वटा कार/जिप/भ्यान, ८५ हजार ३ सय ५२ वटा पिकअप, ११ हजार ४ सय १८ वटा माइक्रोबस, ८७ हजार १ सय १५ वटा टेम्पो,  १ लाख ८० हजार २ सय १० वटा टेक्टर/पावर टिलर, ४४ हजार ७ सय ४६ वटा ई-रिक्सा र ९हजार ३ सय ३७ वटा अन्य प्रकृतिका सवारी दर्ता भएका छन्। 

images

प्रकाशित : आइतबार, जेठ १५ २०७९०४:५७

प्रतिक्रिया दिनुहोस