बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपालको जीडीपी ४८ खर्ब ५१ अर्बको

शनिबार, जेठ १४ २०७९
नेपालको जीडीपी ४८ खर्ब ५१ अर्बको

काठमाडौं- आर्थिक वर्ष ०७८/०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ।

जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

सरकारले आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढी हुने प्रक्षेपण गरेको छ। चालु वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण सरकारले गरेको हो।

सन् २०२२ मा विश्व अर्थतन्त्र ३.६ प्रतिशतले मात्रै बिस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ। चालु आवमा कृषि २.३ प्रतिशत, उद्योग ८.१ प्रतिशत र सेवा क्षेत्रको कुल मूल्य अघिवृद्धि ६.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। चालु आवमा मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ।

चालु आवमा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर प्रदेश नम्बर १ मा ५.४१ प्रतिशत, मधेश प्रदेशमा ४.८२ प्रतिशत, बाग्मती प्रदेशमा ६.७४ प्रतिशत गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६प्रतिशत, कर्णाली प्रदेशमा ५.७४ प्रतिशत र सुदुरपश्चिममा प्रदेशमा ४.९२ प्रतिशत हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८मा कुल ग्राहस्थ उत्पादनमा उपभोगको अंश ९२.३ प्रतिशत रहेकोमा चालु आवमा केही कमी आइ ९०.७ प्रतिशत रहने अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, जेठ १४ २०७९१६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend