आइतबार, जेठ ६ गते २०८१    
images
images

प्रतिनिधिसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
images
images
प्रतिनिधिसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच विधेयक पारित गरेको हो। 

images
images

काठमाडौं- प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच विधेयक पारित गरेको हो। 

images
images
images

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरे।

images

प्रतिनिधि सभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो अवरोध कायमै राखेको छ। एमालेले १४ जना सांसदहरूलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले सूचना टाँसको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ।

images
images

बिहीबारको बैठकमा पनि एमालेले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, गैर सांसदलाई प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नाराबाजीसहित संसद अवरोधलाई कायम राखेको हो।

images
images

यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए। राष्ट्रियसभामा पनि बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक-२०७८’ लाई बहुमतले पारित गरेको थियो। 

प्रतिनिधि सभाको आगामी बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ।


प्रकाशित : बिहीबार , असोज ७ २०७८०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend