मंगलबार, असोज १ गते २०८१    
images
images
बजेट २०७९/०८०

आगामी वर्षको बजेट आज आउँदै, यी हुन् मुख्य कार्यक्रम

images
आइतबार, जेठ १५ २०७९
images
images
आगामी वर्षको बजेट आज आउँदै, यी हुन् मुख्य कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रस्तु गरेका मुख्य कार्यक्रमले नै बजेटको दिशा निर्देश गर्ने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आज प्रस्तुत गर्दैछन्। 

images
images
images

सरकारी खर्च तथा आम्दानी, कर नीति  तथा सम्बन्धित विधेयकहरु पनि आजै आउनेछन्। गठबन्धन सरकार  त्यसमाथि चुनावी वर्ष बजेट कस्तो आउला, सरकारको विकास तथा कर नीति कस्तो होला? भन्ने प्रश्नमा चासो भइरहेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रस्तु गरेका मुख्य कार्यक्रमले नै बजेटको दिशा निर्देश गर्ने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 

 आगामी वर्षका लागि सरकारले मुख्यगरी विभिन्न २७ विषयलाई केन्द्रित गर्ने भएको छ। 

images

गत १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा समेत समावेश भइसकेका विषयलाई ध्यानमा राखेर सरकारले बजेट विनियोजन गर्ने छ। सरकारले यसपटक विगतका ल्याइएका विवादित कार्यक्रम भने खारेज तथा संशोधनसमेत गर्ने छ।

आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावलाई ध्यान दिएर केही 'पपुलर कार्यक्रम' समेत ल्याउने तयारी सरकारको छ। जसमा कर्मचारीहरूको तलब बढाउनेदेखि ६५ वर्षमै बृद्धभत्ता वितरणका कार्यक्रमसमेत समावेश गर्ने तयारी देखिन्छ। 

आयातमा कडाइ गर्न मोटरसाइकलदेखि खाद्यवस्तुसम्म बढ्दैछ भन्सार दर, कुनमा कतिसम्म बढ्न सक्छ?आयातमा कडाइ गर्न मोटरसाइकलदेखि खाद्यवस्तुसम्म बढ्दैछ भन्सार दर, कुनमा कतिसम्म बढ्न सक्छ?

आगामी वर्षका लागि नयाँ र प्रमुख केही कार्यक्रम यस्ता छन् -

- प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनःसंरचना गर्दै लगिने 

- राष्ट्रिया योजना आयोगमा नीति प्रयोगशाला 

- राष्ट्रिय गौरव, रुपान्तरणकारी, रणनीतिक महत्वका ठूला आयोजनाबाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन 

- पुँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको

विकाससम्बन्धी छुट्टै कानून तर्जुमा

- कर प्रणालीको पुनरावलोकन गरिने

- आगामी वर्ष नेपालको क्रेडिट रेटिङ गरिने

- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मध्यावधि समीक्षा गरी पुनःसंरचना गरिनेछ

- थप २२ हजार २ सय हेक्टरमा सिँचाइ पुर्‍याइने 

- नौमुरे राप्ती–कपिलवस्तु डाइभर्सनको निर्माण सुरू गरिने 

- ९० किलोमिटर तटबन्ध निर्माण गरिने

- विपन्न परिवारको पहिचान गरी गरिबीको दुश्चक्रबाट बाहिर ल्याइने 

- भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणालीको विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण सुरू गरिनेछ 

- विशिष्टीकृत संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने व्यवस्था गरिने

- कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन शृंखलामा जोड्न ‘फार्म टु इन्डष्ट्री’ नमुना कार्यक्रम कार्यान्वयन 

- ‘‘नेपालमा उद्योग, नेपालमै रोजगार : आफ्नो उत्पादन, आफ्नै व्यापार’ भन्ने नाराका साथ नेपालमै उत्पादन तथा उपभोग अभिवृद्धि दशक आरम्भ गरिने

- आर्थिक वर्ष २०८०/८१ बाट निर्माण सुरू गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माण मोडालिटी तय गरिने

- सुर्खेतको भेरिगंगा रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण सुरू गरिने

- थप ८ सय किलोमिटर सडक निर्माण र २ सय ५७ किलोमिटर सडक स्तरोन्नति गरिने

- सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गरिने

- थप ३ सय पुलको निर्माण सम्पन्न गरिने

- त्रिभुवन विमानस्थलदेखि माइतीघरसम्म युटिलिटी करिडोर निर्माण प्रारम्भ गरिने

- उपत्यकाका स्थानीय तहसँगको सहकार्य र साझेदारीमा सार्वजनिक यातायात योजना कार्यान्वयन गरिने

- थप ४ लाख ६६ हजार जनसंख्यालाई मध्यम तथा उच्च स्तरको खानेपानी सेवा उपलब्ध गराइने

- निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने 

- आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गरिने

- थप ७ सय १५ स्थानीय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

- विद्युत खपत बढाउन र खाना पकाउने ग्यासलाई क्रमशः विस्थापित गर्न विद्युत महसुल दरमा पुनरवलोकन गरिने।


प्रकाशित : आइतबार, जेठ १५ २०७९०१:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend