शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

मेगा बैंकसँग मर्जर गर्न नबिलकाे प्रस्ताव, एउटै व्यापारीले उठाए ३ लाख कित्ता सेयर

images
शनिबार, जेठ १४ २०७९
images
images
मेगा बैंकसँग मर्जर गर्न नबिलकाे प्रस्ताव, एउटै व्यापारीले उठाए ३ लाख कित्ता सेयर
images
images

काठमाडौं- मेगा बैंकलाई मर्जर वा प्राप्तिको लागि तीन बैंकले प्रस्ताव गरेका छन्। इन्भेष्टमेन्ट बैंकसँग मर्जको चर्चा चलिरहेका बेला नबिल र हिमालयन बैंकले समेत अनौपचारिक प्रस्ताव गरेका छन्। 

images
images

यसअघि मेगा बैंकको बैंक अफ काठमाडौंसँग मर्जको छलफल गरेपनि अगाडि बढेको थिएन। इन्भेष्टमेन्ट बैंकसँग मर्जको छलफल चलिरहेका बेला नबिलको प्रस्ताव आएपछि नयाँ टुइष्ट देखिएको छ।

images
images

नबिलले स्वाप अनुपात ५० प्रस्ताव दिनेगरी प्रस्ताव गरेको छ, भने मेगाले ६५ मागेको स्रोतको भनाइ छ। नबिलले बंगलादेश बैंक प्राप्ति गरेर संयुक्त कारोबारको तयारी गरिरहेको छ। जसमा ज्ञानेन्द्र ढुंगानलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिसकेको छ। इन्भेष्ट बैंक र हिमालयनसँग भने मेगाले स्वाप रेसियो ९० मागेको छ। 

images
images
images

मेगा बैंक मर्जर तथा प्राप्तिमा जाने चर्चाले बिहीबार र शुक्रबार सेयर मूल्य बढेको थियो। सेयर कारोबारमा मेगा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो। बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् २२ रुपैयाँ ५० पैसाले बढेर २४७ रुपैयाँ ५० पैसामा बन्द भएको थियो।

बिहीबारको सेयर कारोबारमा एक उद्योगीले मात्रै मेगा बैंकको ३ लाख कित्ता सेयर किनेका छन्। शुक्रबार सर्किट नलागेपनि सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। खर्च थेग्न गाह्रो भएपछि मेगा बैंकले मर्जमा जानका लागि छलफल तीब्र पारेको हो। 


प्रकाशित : शनिबार, जेठ १४ २०७९१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend