मंगलबार, वैशाख ११ गते २०८१    
images
images

संसारका १० मूल्यवान कार कम्पनी

images
images
images
संसारका १० मूल्यवान कार कम्पनी

पछिल्लो समय स्टार्टअपमा विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुको संख्या उल्लेख्य रुपमा बढेको छ। भारतको ओलादेखि लुसिड तथा रिभियनसम्म अहिलेका चर्चित विद्युतीय स्टार्टअप कम्पनी हुन्। 

images
images

काठमाडौं- संसारमा कार ग्ल्यामरको रुपमा रहेको छ। ग्ल्यामरसँगै यो आवश्यकताको रुपमा समेत रहेको छ। सयौं वर्षदेखि कार उत्पादन गर्दै आएकादेखि स्टार्टअप कम्पनीसम्म विश्व बजारमा छन्। 

images
images
images

अटोमोबाइल उद्योगलाई सुरक्षित र स्थिर लगानी अवसर हुने क्षेत्रका रुपमा लिइँदै आएको छ। यो पछिल्लो एक शताब्दीमा विश्वले स्वीकार गरेको तथ्य हो। हालसम्म खुलेका अटोमोबाइल उद्योगहरुमा करिब सबैजसो नाफामा भएका छन् र तीनले कार उत्पादन गरिरहेका छन्। 

images

पछिल्लो समय स्टार्टअपमा विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुको संख्या उल्लेख्य रुपमा बढेको छ। भारतको ओलादेखि लुसिड तथा रिभियनसम्म अहिलेका चर्चित विद्युतीय स्टार्टअप कम्पनी हुन्। 

images

अमेरिकी कम्पनी फोर्ड, जीएमदेखि जर्मन ब्रान्ड मर्सिडिज तथा बीएमडब्लू र जापानी कम्पनी टोयोटादेखि होन्डासम्मको विरासत करिब १०० वर्षदेखि हालसम्म पनि कायमै छ। नयाँ स्टार्टअप कम्पनीहरु समेत जबरजस्त उदायी रहेका छन्। यस्तैमा हटकारस् डटकमले २०२२ का यो ब्रम्हान्डकै मूल्यवान १० कार उत्पादकको सूची तयार गरेको छ। 

images
images

१०. होन्डा- ४२ अर्ब डलर 

bmw.jpg

जापानी कार उत्पादन कम्पनी होन्डा मोटर कम्पनी १९४८ मा स्थापना भएको हो। कार तथा मोटरसाइकल उत्पादन गर्र्दै आएको होन्डा जापानको दोस्रो ठूलो सवारी उत्पादक कम्पनी हो। हाल यो कम्पनीको बजार मूल्य (मार्केट भ्यालू) करिब ४२ अर्ब अमेरिकी डलर रहेको छ। होन्डा संसारको १०औं मूल्यवान कार उत्पादक कम्पनी हो।

९. स्टेलेन्टिस- ४५ अर्ब डलर

Stellantis-Brands.jpg

स्टेलेन्टिस कम्पनी विभिन्न सवारी उत्पादक कम्पनीहरुको समूह हो। स्टेलेन्टिस कम्पनी पीएसए ग्रुप र फियाट क्राइसलर अटोमोबाइल मर्ज भएर २०२१ मा बनेको कम्पनी हो। स्टेलेन्टिसमा अल्फारोमियो, अबार्थ, क्राइसलर, डाज, फियाट, जपि, लिंकिया, मासेराती, ओपेल, प्युजो, आरएएम र भक्शल ब्रान्ड रहेका छन्। संख्याका आधारमा स्टेलेन्टिस विश्वको पाँचौं ठूलो कार उत्पादक हो। सवारी उत्पादनमा करिब १ वर्षसम्मको इतिहास बोकेका कम्पनी आवद्ध रहेको स्टेलेन्टिसको बजार मूल्य ४५ अर्ब डलर रहेको छ। 

८. फोर्ड- ५० अर्ब डलर 

bmw.jpg

१९०३ मा स्थापना भएको अमेरिकी कार उत्पादक फोर्ड मोटर कम्पनी अमेरिकी ३ ठूला कार उत्पादक मध्ये दोस्रो मूल्यवान कम्पनी हो। फोर्ड समग्रमा विश्वको आठौं मूल्यवान कम्पनी हो। २०२१ मा करिब २० लाख कार उत्पादन गरेको फोर्डको २०२२ को बजार मूल्य ५० अर्ब डलर रहेको छ। 

७. जीएम- ५१ अर्ब डलर 

अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटर्स (जीएम)ले यसअन्तर्गतका विभिन्न ब्रान्डका ६२ लाख कार उत्पादन गरेको हो। यो २०२१ को तथ्यांक हो। ४ वटा आफ्नै ब्रान्ड र २ वटा चिनियाँ ब्रान्डमा लगानी गरेको जीएमको २०२२ को बजार मूल्य ५१ अर्ब अमेरिकी डलर रहेको छ। 

६. बीएमडब्लू- ५४ अर्ब डलर 

bmw.jpg

जर्मन ब्रान्ड बीएमडब्लूले २०२१ मा २२ लाख कार उत्पादन गरेको थियो। तुलनात्मक रुपमा प्रिमियम कार उत्पादन गर्ने बीएमडब्लूले गत वर्ष इतिहासकै धेरै कार उत्पादन गरेको हो। बीएमडब्लू, मिनी तथा संसारकै आइकोनिक कार उत्पादक रोल्स रोयस ब्रान्ड पनि बीएमडब्लू ग्रुपमै छ। २०२२ का लागि बीएमडब्लूको बजार मूल्य ५४ अर्ब डलर रहेको छ। 

५. डिमलर (मर्सिडिज बेन्ज ग्रुप एजी)- ७५ अर्ब डलर 

bmw.jpg

विगतमा डिमलर एजीका रुपमा रहेको जर्मन कार उत्पादन हालै मर्सिडिज बेन्ज ग्रुप एजीका रुपमा परिचित भएको छ। मर्सिडिज ब्रान्ड १९२६ स्थापना भएको थियो। विभिन्न समयमा यो कम्पनीको नाम परिवर्तन हुँदै आएको छ। हाल मर्सिडिज बेन्जको बजार मूल्य ७५ अर्ब डलर रहेको छ। 

४. बीवाईडी- ९५ अर्ब डलर 

चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी बीवाईडी संसारको मूल्यवान कम्पनीको सूचीमा पर्ने पहिलो कम्पनी हो। बीवाईडी अटोमोटिभ र बीवाईडी इलेक्ट्रोनिक गरि दुई ब्रान्डमा कार उत्पादन हुँदै आएको छ। बीवाईडी संसारको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक कम्पनी हो। बीवाईडीले २०२१ मा १० लाख कार उत्पादन गरेको थियो। २०२२ मा बीवाईडीको बजार मूल्य ९५ अर्ब डलर रहेको छ। 

३. फक्सवागन- १०० अर्ब डलर 

bmw.jpg

फक्सवागन युरोपको सबैभन्दा ठूलो र संसारको तेस्रो ठूलो कार उत्पादन कम्पनी हो। जर्मन कार उत्पादक कम्पनी फक्सवागन ग्रुप अन्तर्गत फक्सवागन, स्कोडा, अउडी, पोर्स्च, बेन्टले तथा लिम्बर्गिनी ब्रान्डका कार उत्पादन हुँदै आएको छ। अहिले फक्सवागनको बजार मूल्य १ खर्ब डलर रहेको छ। यो संसारकै तेस्रो मूल्यवान कम्पनी हो। 

२. टोयोटा- ३०० अर्ब डलर 

bmw.jpg

जापानको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटा १९२० मा स्थापना भएको हो। टोयोटा संसारको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी हो। २०११ मा टोयोटाको उत्पान तथा मूल्यवान कम्पनीको ताज फक्सवागनले लिएको थियो। तर टोयोटाले छोटो समयमै उक्त ताज फर्काउन सफल भएको थियो। हाल यो कम्पनीको बजार मूल्य ३ खर्ब डलर रहेको छ। टोयोटाले वार्षिक औषत १ करोड कार उत्पादन गर्दै आएको छ। यो संख्या अन्य कार उत्पादकको तुलनामा ४० लाख धेरै हो। टेस्लाको उदयसँगै उसको बजार मूल्य बढेकाले टोयोटा दोस्रो मूल्यवान कम्पनी बनेको हो। यसअघि टोयोटा नै विश्वको मूल्यवान कम्पनी रहँदै आएको थियो। 

१. टेस्ला- ६०० अर्बदेखि १० खर्ब

टेस्ला अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी हो। २००३ मा स्थापना भएको टेस्ला इंकले २०१२ देखि कार उत्पादन थालेको थियो। स्थापनाको करिब २० वर्षमै टेस्ला संसारको सबैभन्दा मूल्यवान कार उत्पादक कम्पनी बन्न सफल भएको हो।

bmw.jpg 

टेस्ला हाल संसारभर निक्कै चर्चा बटुल्न सफल विद्युतीय कार उत्पादक कम्पनी भएको छ। टेस्लाले विश्व विद्युतीय कार बजारमा जबरजस्त नयाँ मानक बनाउन सफल भएको छ। टेस्ला मूल्यवान कम्पनीको पहिलो नम्बरमा छ। यो कम्पनीको बजार मूल्य हाल ६ खर्ब डलर रहेको छ। टेस्लाको सेयर मूल्यका आधारमा यसको बजार मूल्य उतारचढाव हुने गरेको छ। टेस्ला छिट्टै १० खर्ब डलर मूल्यको कम्पनी बन्नेछ।  

images

प्रकाशित : शनिबार, जेठ १४ २०७९०६:५५

प्रतिक्रिया दिनुहोस