शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

हेलिकोप्टर उडानमा नयाँ कम्पनी ‘सगरमाथा एयर’ थपिँदै

पोखरा वेसमा उडान सुरु नगर्दै काठमाडौं सार्ने खेलमा अन्नपूर्ण

images
शुक्रबार, जेठ १३ २०७९
images
हेलिकोप्टर उडानमा नयाँ कम्पनी ‘सगरमाथा एयर’ थपिँदै
images
images

काठमाडौं- कोभिडका कारण शिथिल भएको हेलिकोप्टर व्यवसाय विस्तारै लयमा फर्किन थालेको छ। हेलिकोप्टर व्यवसाय लयमा फर्किसँगै नयाँ कम्पनी आउन थालेका छन्।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार नयाँ एयर कम्पनीले लाइसेन्सका लागि मन्त्रालयमा निवेदन दिएको छ। स्रोतका अनुसार सगरमाथा एयरले हेलिकोप्टर उडानका लागि भन्दै लाइसेन्स लिनका लागि आवेदन दिएको हो। कम्पनीले लाइसेन्स दिएपछि अहिलेसम्म निवेदनउपर अध्ययन गर्न मन्त्रालयले समिति भने बनाएको छैन।

images
images

नयाँ एयर कम्पनीलाई लाइसेन्स दिँदा निवेदन दिएपछि मन्त्रालयले अध्ययन समिति गठन गर्ने व्यवस्था छ। अध्ययन समितिको सिफारिसको आधारमा मन्त्रालयले कम्पनीलाई लाइसेन्स दिने नदिने विषय निर्णय गर्ने छ।

images
images

यसैगरी अन्नपूर्ण एयरले पनि पोखरा बेसलाई काठमाडौं बेस बनाउने गरी तयारी गरेको छ। अन्नपूर्ण एयरले आर्थिक चलखेल गर्दै पोखरा वेसलाई काठमाडौं बेस बनाउन लागेको मन्त्रालय स्रोतको दाबी छ।

पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नयाँ एयरलाइन्स कम्पनी तथा हेलिकोप्टरका लागि काठमाडौं बेस दिने गरेको छैन। तर अन्नपूर्ण एयरले आर्थिक चलखेल गर्दै पोखरा वेसलाई काठमाडौं बेस सार्न लागेको छ। सामान्यता नयाँ हेलिकोप्टर कम्पनी उडान नगर्दासम्म वेस परिर्वतन गर्दैन। तर अन्नपूर्ण एयरले भने उडान नै नगर्दै वेस सार्न लागिपरेको हो।

यसैयरी हेली नेपालले पनि नयाँ एयर कम्पनीको लाइसेन्स पाइसकेको छ। साथै त्रिलोक एयरले पनि लाइसेन्सका लागि आवेदन दिएको लामो समय भइसकेको छ। तर अहिले उसले कुनै प्रक्रिया अगाडि बढाएको छैन। 

अहिले हेलिकोप्टर उडानमा सिम्रिक एयर, प्रभु, कैलाश, मनाङ, मुस्ताङ, हेलि एभरेष्ट, फिस्टेल, श्री एयर, अल्टिच्युट, एयर डाइनेष्ट्रिक र  माउन्टेन एयरले हेलिकोप्टर उडान गर्दै आएका छन्।


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend