बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आयोजना क्षेत्रका बासिन्दाका लागि राप्ती हाइड्रोको आईपीओ आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १३ २०७९
आयोजना क्षेत्रका बासिन्दाका लागि राप्ती हाइड्रोको आईपीओ आउँदै

काठमाडौं- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले यही जेठ २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ६ करोड १२ लाख ७९ हजार ३ सय रुपैयाँ मूल्य बराबरको छ लाख १२ हजार ७ सय ९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) बिक्री खुला गर्ने भएको हो।

आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ। 

कम्पनीले रुकुम पूर्वी जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। साथै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ। 

कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend