बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बिन्ध्यवासिनी हाइड्रोपावरको १५ करोड बराबरको आईपीओ आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १३ २०७९
बिन्ध्यवासिनी हाइड्रोपावरको १५ करोड बराबरको आईपीओ आउँदै

काठमाडौं- बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले यही जेठ २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १५ करोड मूल्य बराबरका १५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा  १३ लाख ६५ हजार कित्ता सेयर बिक्री गर्ने प्रायोजनका लागि दस्खास्त आह्वान गरेको छ। कम्पनीका अनुसार कूल १५ लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् ६० हजार कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

निष्काशित सेयरमा इच्छुक लगानीकर्ताले छिटोमा यही जेठ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। यो समयमा मागबमोजिम आवेदन नआए आगामी असार ३ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सकिने सार्वनजिक सूचनामा उल्लेख छ। 

कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ‘ए’ आठ दशमलव आठ मेगावाट र रुदी ‘बी’ छ दशमलव छ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ। 
 
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-आइआर बीबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०९:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend