बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मौद्रिक नीतिलाई अझै कसिलो बनाउने राष्ट्र बैंकको संकेत

शुक्रबार, जेठ १३ २०७९
मौद्रिक नीतिलाई अझै कसिलो बनाउने राष्ट्र बैंकको संकेत

विदेशी मुद्राको सञ्चिति  घट्दै गएपछि गत महिना नेपाल आएको अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधि मण्डलले आयात प्रतिबन्ध लगाउनुको साटो मौद्रिक नीति मार्फत नियन्त्रण गर्न सुझाव दिएको थियो। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझै कसिलो बनाउने संकेत गरेको छ। तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले वर्तमान आर्थिक समस्या समाधानका लागि मौद्रिक उपकरणलाई अझै कडाइका साथ अघि बढाउने संकेत गरेको हो। 

पछिल्लो समय बजारमा ऋण प्रवाहका लागि बैंकहरूसँग तरलता अभाव भइरहेको छ। एकातिर तरलता अभाव र अर्कोतिर विदेशी मुद्राको सञ्चिति पनि घट्दै गएपछि अर्थतन्त्रमा दोहोरो दबाब सिर्जना भएको छ। 

यस्तो अवस्थामा मध्यावधि समीक्षाकै व्यवस्थालाई निरन्तरता दिइने राष्ट्र बैंकले उल्लेख गरेको छ। 

'मुद्रास्फीति तथा विदेशी विनिमय  सञ्चितको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ। मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ' त्रैमासिक समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ। 

विदेशी मुद्राको सञ्चिति  घट्दै गएपछि गत महिना नेपाल आएको अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधि मण्डलले आयात प्रतिबन्ध लगाउनुको साटो मौद्रिक नीति मार्फत नियन्त्रण गर्न सुझाव दिएको थियो। 

सोही सुझाव अनुसार नै राष्ट्र बैंकले ब्याजदर तथा अन्य उपकरण मार्फत आर्थिक स्थायित्वका लागि काम गर्ने उल्लेख गरेको छ। बैंकले कोरोना महामारी कालमा ल्याइएका सहुलियत प्याकेजलाई विस्तारै हटाउँदै जाने यसअघिकै नीतिलाई निरन्तरता दिएको छ।

महामारीको प्रभाव न्यून हुँदै गएका क्षेत्रमा पुनर्कर्जा सुविधा हटाउँदै जाने नीतिमा राष्ट्र बैंक अडिग रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend