बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मर्जरमा जाने सूचना पाएसँगै मेगा बैंकको सेयर किन्ने लगानीकर्ता बढे, कुनसँग हाेला मर्ज?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १३ २०७९
मर्जरमा जाने सूचना पाएसँगै मेगा बैंकको सेयर किन्ने लगानीकर्ता बढे, कुनसँग हाेला मर्ज?

काठमाडौं- मर्जरमा जाने चर्चासँगै बिहीबारको सेयर बजारमा मेगा बैंकको सेयर किन्न लगानीकर्ता ओइरिएका छन्। बिहीबार बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट समेत लागेको थियो। महिनौँपछि सेयर मूल्यमा सर्किट लाग्ने बैंकमा मेगा बैंक परेको छ।  

mega.PNG

बिहीबार ५ करोड ४२ लाख १४ हजार बढी रुपैयाँ बराबरको कारोबार भयो। बैंकका लगानीकर्ताको सेयर मूल्य १० प्रतिशत बढ्यो। अरुण काबेली पावरको ४ करोड ४ लाख २२ हजारको र नबिल बैंकको ३ करोड ५७ लाख बढीको कारोबार भएको छ।

बैंकको बिहीबार प्रतिकित्ता २२ रुपैयाँले बढेर अन्तिम कारोबार २४७.५० रुपैयाँमा भएको थियो। ५२ साता अगाडि बैंकको सेयर मूल्य ४०५ रुपैयाँ पुगेको थियो। घटेर २२० रुपैयाँमा न्युनतम कारोबारसमेत भएको थियो।

बैैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ भने बजार पुँजीकरण ३९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

बैंकले तीन चारवटा बैंकसँग मर्जरको लागि कुराकानी अगाडि बढाएपछि लगानीकर्ता मेगामा खरिका लागि ओइरिएका हुन्। मेगा बै‌ंकले खासगरी बै‌ंक अफ काठमान्डुसँग मर्जरमा जाने तयारी गरेकाे थियाे। तर पछिल्लाे समय इन्भेष्टमेन्ट बै‌ंकसँग मर्जकाे नयाँ छलफलकाे हल्ला चलेपछि सेयर मूल्य उचालिएकाे हाे।


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०१:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend