शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

images
images
images
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि नै निर्माण सुरु गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएको छ। बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चले आदेश दिएको हो। 

images
images
images

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको वृहत पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने सरकार सबै निर्णय बदर गरिदिएको हो।

images

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको आधिकारिकता र सेनामार्फत रूख कटान गर्ने सरकारी योजनाविरुद्ध शर्मा र पाँडेले रिट निवेदन दिएका थिए। 

images

गएको मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममा पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव थियो। 

images
images

images

प्रकाशित : बिहीबार , जेठ १२ २०७९१०:५४

प्रतिक्रिया दिनुहोस